खेलकुद

आर्सनलले चेल्सीलाई हरायो, लिभरपुल विजयी

माघ ६, २०७५

    इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई हराएको छ। 

    शनिबार राति हामे अवेमा भएको देलमा आर्सनलले चेल्सिलाई  २–० ले हरायो । आर्सनललाई विजयी गराउन अलेक्जेण्डर लाकाजेट् र लरेन कोसेल्नीले एक–एक गोल गरे । जितसँगै आर्सनलले अंक तालिकाको तेस्रो स्थानको चेल्सीसँगको दुरी ३ अंकमा झारेको छ।

    लिगअन्तर्गत शनिबार राति नै अर्को खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ४–३ ले हराउँदा म्यान्चेस्टर युनाईटेडले ब्राईटनमाथि २–१ को जित निकाल्यो। यसैगरी साउथह्याम्पटनले एभर्टनलाई २–१ ले पराजित गर्दा बर्नमाउथले वेष्ट ह्याम युनाईटेडलाई २–० ले तथा न्यूकासल युनाइटेडले कार्डिफ सिटीलाई ३–० ले हरायो । वाट्फोर्डले बर्नलेसँग गोलरहित बराबरीमा चित्त बुझायो।

    शनिबारका खेलपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा २३ खेलबाट ६० अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ। एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ५३ अंकका साथ दोस्रो स्थानमा छ। तेस्रो स्थानको टोटनह्यामको ४८ अंक छ भने ४७ अंकसहित चेल्सी चौथो तथा ४४ अंकसहित आर्सनल पाँचौं स्थानमा छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]