काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभाग...
रामेछाप : रामेछापमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अन्य २० जना घाइते भएका छन्। मृत्यु हुनेमा ओखलढुङको चम्पादेवि गाउँपालिका ६ का अन्दाजी २१ वर्षिय ओम कार्की रहेका छन्। ओखलढुङ्गाको घोराखेरीबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४२ १० नम्बरको अरनिको यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिए। उनीहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। बाँकी घाइतेको रामेछापको मन्थलीस्थित सामुदायीक अस्पतालमा उपचार भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।