काठमाडौं : पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। गएराति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिथिला नगरपालि...
पाल्पा : रम्भा गाउँपालिका अन्तर्गतको कृषि शाखा र पशु शाखामा कर्मचारी नहुँदा किसान मर्कामा परेका छन्। विगत छ महिनादेखि यी दुई शाखामा कर्मचारी नभएकोले किसान सेवा पाउनबाट वञ्चित भएका हुन्। रम्भा गाउँपालिका–३ पिपलडाँडाका कृषक लिलानाथ वश्यालले तरकारी खेतीमा किरा लागेर पटकपटक गाउँपालिकामा आएर भन्दापनि प्रविधिक नआएको बताए।
लाखौं लगानी गरेर तरकारी खेती गरिएको छ उनले भने प्राविधिक नआउदा व्यवसायमा घाटा बेहोर्नुपरेको छ। गाउँपालिकाले आयोजना गरेको अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा अर्का किसान तुल्सीराम अर्यालले भने आफूले पाल्दै आएको गाइलाइलाई कृतिम गर्भधान गराउने प्राविधिक छैनन्। स्थानीय तहबाट सबै अधिकार पाइने भने पनि आवश्यक प्राविधिक नहुँदा यहाँका कृषक पशुपालन र तरकारी व्यवसायमा निरास भएको कृषि सञ्जालका उपाध्यक्ष भुवन नेपालीलेले बताए।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालका अनुसार चालु आर्थिक वर्षको सुरु अर्थात गएको साउनदेखि कृषि र पशु शाखामा एकजनापनि कर्मचारी छैनन्। भएका कर्मचारी सरुवा भएर गएको उनले बताए। वडा नम्बर तीन र पाँचमा जम्मा दुइजना पशुका कर्मचारी मात्र छन् उनले भने कृषिको भने कुनैपनि वडामा प्राविधिक छैनन्। पशु र कृषिसम्बन्धी विभिन्न समस्या लिएर आएका किसानलाई कर्मचारी छैनन् भनि फर्काउने गरेको उनले बताए। ढकालले भने कर्मचारी समायोजन प्रक्रिया टुंगिएपछि आउछन् भन्ने आशा छ।
गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले दुर्गम गाउँपालिका भएकाले यहाँ कर्मचारी नबस्ने बताए। कर्मचारीले घरपाइ र भौगोलिक सुविधा खोज्छन् उनले भने कतिपय आउन मान्दैनन्, आएका कर्मचारीपनि छिटै सरुवा मागेर हिड्ने गरेका छन्। अबको केही महिनाभित्रमा कर्मचारी नआए यसको विकल्प खोजिने उनले बताए। चालु आर्थिक वर्षको ६ महिना बितिसक्दासमेत कृषि र पशु शाखामा कर्मचारी नहुँदा विनियोजित बजेट र कार्यक्रमसमेत प्रभावित हुने देखिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।