काठमाडौँ : धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता भएकी छन्। हमालकी जेठी छोरी आरती भारतको गोवास्थित जोरबा...
धनगढी : युवक हत्या विरोधमा कैलालीको अत्तरिया बजार बन्द गरिएको छ। शनिबार साँझ महोत्सवबाट घर फर्कने बेला दुई युवा समूहबीच विवाद हुँदा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको हत्या भएको थियो। घटनामा अन्य ३ जना घाइते भएका थिए।
हत्यारा पक्राउको माग गर्दै मृतकका परिवार तथा आफन्तहरुले बजार बन्द गरेका हुन्। अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव पनि आइतबार एक दिनलाई स्थगित गरिएको छ। महोत्सव स्थलनजिकै घटना भएका कारण एक दिनलाई महोत्सव स्थगित गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको छानबिन गरिरहेको र छिट्टै दोशी पक्राउ गर्ने जनाएको छ । ‘हामी दोशीको नजिक पुगेका छौं, छिट्टै पक्राउ गर्छौं’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।