समाज

‘अबको पत्रकारिता शान्तिका लागि हुनुपर्ने’

माघ ६, २०७५

    काठमाडौंः बिभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुले शान्तिका लागी पत्रकारीताको माध्यमबाट सकारात्मक समाचार प्रकाशन÷ प्रसारण गर्नुपर्नेमा जोड दिएका छन्। काठमाडौंमा शनिबार मेडिया फोरममा सहभागी पत्रकारहरुले विश्वका हरेक देशमा भईरहेको अशान्तिलाई पत्रकारीताको माध्यमबाट कसरी शान्तिमा बदल्न सकिन्छ भन्ने बिषयमा छलफल गरे। 

    विश्वमै शान्ति स्थापनाका लागी स्थापीत दक्षिण कोरियाली संस्था एचडब्लुपिएलको पहलमा भएको मिडिया फोरममा सहभागी बिभिन्न संचार माध्यमका सम्पादक तथा पत्रकारहरुले द्धन्द्धरत पक्षलाई कसरी शान्तिको बाटोमा ल्याउने भन्नेबारेमा आ –आफ्ना तर्क प्रस्तुत गरे  । 

    पत्रकार महासंघका पूर्व सचिव एवं ननस्टप खबरका सम्पादक प्रभात चलाउनेले हरेक पत्रकारले अब नकरात्मक समाचारभन्दा सकारात्मक समाचार उत्पादनमा जोड दिनुपर्ने बताए। उनले भने , ‘जबसम्म पत्रकारले सकारात्मक समाचार उत्पादन गर्दैन, तब समाज शान्तिको लागी अग्रसर हुन सक्दैन।” अब परम्परागत सोचाई त्यागेर नयाँ, सभ्य समाज निर्माण गर्न पत्रकारहरुले शान्तिका लागी आफूलाई समर्पित गर्नुपर्ने चलाउनेको भनाई छ। उनले एचडब्लुपिएलमा आबद्ध भएर शान्तिको बाताबरण बनाउन लाग्नुपर्ने बताए। 

    कार्यक्रममा मेडिया एक्शनका अध्यक्ष एवं बरिष्ठ पत्रकार लक्ष्मण दत्त जोशीले प्रत्येक व्यक्ति शान्तिका लागी प्रेरित छ , छैन बुझेर शान्तिका लागी प्रेरित गर्नुपर्ने औंल्याए। शान्ति स्थापनाका लागी एचडब्लुपिएलका संस्थापक मान ही लिको काम प्रसंसनिय कदम भएको उल्लेख गर्दै जोशीले समाजलाई अभावबाट मुक्त गरेमा शान्ति आउने दाबी गरे। 

    जनता टेलिभिजनका समाचार संयोजक दिपेन्द्र दोङ्ग तामाडले संचारमाध्यमले द्धन्द्ध निम्त्याउने खालका समाचार प्रकासनमा प्राथमिकता दिएको भन्दै त्यस्तो परम्परा तोडेर सकारात्मक समाचार प्रकाशन तथा प्रसारणमा ध्यान पुर्याउनुपर्ने बताए। आफुलाई कोरियाली संस्था एचडब्लुपिएल साँच्चिकै शान्तिका लागी लागेको संस्था भएकोमा कुनै शंका नरहेको उनले दाबी गरे। 

    नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैशीले साधान श्रोतको समुचित वितरण नभएसम्म शान्ति स्थापना गर्न नसकिने भएकाले यसतर्फ राज्यले ध्यान दिनुपर्ने बताए। जबसम्म राज्यले समाजको मागहरु पुर्ति गर्न सक्दैन र समानुपातिक र समावेशी ढंगले उत्पादनका साधान श्रोतमा समान पहुँच स्थापित हुँदैन तबसम्म शान्तिको कुरा असंभव जस्तै हुने तर्क गरे।

    हिमालयन टाईम्सका पत्रकार रेवती सापकोटाले पत्रकारले शान्तिका लागी कमल चलाएर मात्र नहुने यसका लागी राज्य सबै नागरिकका समस्या समाधान गर्नका लागी तयार हुनुपर्ने धारणा राखे। 

    कार्यक्रममा रेडियो थाहासंचारका संवाददता एवं प्रस्तोता देवीराम देवकोटाले आफू कुनैबेला नेपालमा १० बर्षसम्म चलेको युद्धमा सहभागी भएको र त्यहाँ भएका गतिबिधिको प्रत्यक्षदर्शी भएको अनुभूति राख्दै अब नाफाको जिन्दगी जिउँने प्रतिबद्धता व्यक्त गरे। उनले आफु अबदेखी शान्तिका लागी कमल चलाउने बताए। 
    त्यस्तै युद्धमै सहभागी अर्का पत्रकार कमल बुढाले आफू पूर्व जनमुक्ति सेना भएपनि अब शान्तिका लागी काम गर्ने बचन व्यक्त गरे। 

    सुर्खेतबाट कार्यक्रममा सहभागी भएका पत्रकार प्रकाश पौडेलले शान्तिका लागी समाजलाई प्रेरित गर्न पत्रकारको महत्वपूर्ण भूमिका हुने औंल्याए। 
    कार्यक्रममा एचडब्लुपिएले गरिरहेको गतिबिधीको जानकारी गराईएको थियो। कार्यक्रममा बिभिन्न मेडियामा कार्यरत २४ जना पत्रकार सहभागी थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]