धादिङ : रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा मंगलबार बिहान आगलागी भएको ...
ओखलढुंगा : जिल्लाको लिखु र चम्पादेवी गाउँपालिकाको सिमानामा आइतबार बिहान एक किशोरको शव फेला परेको छ। लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वर र चम्पादेवी गाउँपालिका वडा नं. १० रानीवनको सिमानामा पर्ने घ्याङ्ले खोलामा शव फेला परेको हो। लिखु गाउँपालिकाको-३ नर्मदेश्वरवाट ओखलढुंगातर्फ आउने नर्मदेश्वर रानीवन सडक खण्डअन्तर्गत घ्याङ्ले खोलामा पर्ने सडक खण्डबाट करिब १ सय मिटर तल शव फेला परेको स्थानीयवासीहरूले बताएका छन्।
उनीहरूका अनुसार शव करिब १५–१६ वर्षको किशोरको जस्तो देखिन्छ। स्थानीयका अनुसार शवको टाउकोमा चोटैचोट भएको कारण चिन्न सकिन अवस्थामा नरहेको स्थानीय देव तामाङले बताए। शवको टाउको टुक्राटुक्रामा रहेको छ। तामाङका अनुसार शवको प्रकृति हेर्दा कसैले धारिलो हतियारको प्रयोग गरेर हत्या गरेको जस्तो देखिन्छ। बाटो हिँड्नेहरुले शव देखेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई खबर गरेका थिए।
अहिले प्रहरी चौकी घोराखोरीबाट घटनास्थलतर्फ प्रहरीको टोली खटिएको छ। यो समाचार तयार पार्दासम्म घटनास्थलमा प्रहरीको टोली पुगेको छैन। घटनास्थलमा प्रहरी टोली पुगेपछि घटनाको बारेमा थप जानकारी आउने र अहिलेसम्म घटनाको बारेमा केही पनि भन्न नसकिने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।