संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिकास्थित छ्याङ्कुटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आज दिउँसो चिचिलाबाट छ्याङ्...
रुकुम : रुकुम पश्चिममा ११ वर्षदेखि फरार हत्या प्रतिवादी पक्राउ परेका छन्। रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ७ का ४२ वर्षीय डम्बरबहादुर खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक प्रमोद क्षत्रीले जानकारी दिए।
उनका अनुसार खत्रीविरुद्ध २०६५ सालमा अवैध सम्बन्धमार्फत नबजात शिशु जन्माई हत्या गरेको अभियोग लागेको थियो। घटनापछि फरार रहेका खत्रीविरुद्ध जिल्ला अदालत रुकुमबाट २० वर्ष कैद सुनाइएको थियो। खत्रीले बाँफिकोटकै ३४ वर्षीय घिउकुमारी परियारसँग अवैध सम्पर्क राखी बच्चा जन्माएको र दुवैजनाको मिलोमतोमा शिशुको हत्या भएको अदालतले ठहर गरी परियारलाई पनि कैद सजाय सुनाएको थियो। परियार अहिले पनि कारागारमा छिन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।