समाज

सरकारको कामप्रति सिटौलाले भने, ‘मेरै निर्वाचन क्षेत्रका बहुवर्षीय योजनाहरू किन अलपत्र’

माघ ६, २०७५

    भद्रपुर (झापा) : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले झापासहित देशभरका बहुवर्षीय योजनाका कामहरू अलपत्र छाडेकोमा चिन्ता व्यक्त गरेका छन्। तीन तहको निर्वाचन हुनु अघिका सरकारले बजेट विनियोजन गरी झापासहित देशभर बहुवर्षीय योजनाहरु पारेका थिए। अहिले निर्वाचनपछि बुहमतको सरकारले ती बहुवर्षीय योजनाका कामहरुलाई निरन्तरता दिन नसक्दा सयौं योजनाहरू अलपत्र बनाइएको कांग्रेस नेता सिटौलाको भनाई छ। 

    केही दिनदेखि गृह जिल्लामा रहेका नेता सिटौलाले आइतबार प्रेस क्लव भद्रपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भने, ‘मलाई आफैमा आश्चर्य लागेको छ। किन योजनाहरूलाई अलपत्रमा छाडेर सरकार चुप लागेर बसिरहेका छन्।’ ‘सरकार किन यसतर्फ अलमल रहेको छ। पैसाको अभावमा ती योजनाहरू अलपत्र परेको भने होइन्’, सिटौलाले भने, ‘त्यसैले अलपत्र पारिएका योजनालाई तदारुपताका साथ सम्पन्न गर्नुपर्ने वर्तमान सरकारसमक्ष आग्रह गरे।’  

    ‘मेरै निर्वाचन क्षेत्रमा धेरै बहुवर्षीय योजनाका कामहरु ठप्प बनाइएको छ’ उनले भने, 'प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ज्युले शिलान्यास गर्नु भएका भद्रपुरस्थित गिरिजाप्रसाद स्मृति सभागृहको भवन, केचना रिङरोड, सुकुनाडाँगीदेखि घेरावारी सडक, जलथलको अधिकारीचोकदेखि घेरावारी जोड्ने सडक, पाठामारीदेखि बनियानी हुँदै बालुवाडी जाने सडक लगायतका योजनाका कामहरू रोकिएको छ।' 

    साथै शिक्षा र स्वास्थ्यमा अराजकता खडा हुन थालेको उनको भनाई छ। ‘शिक्षा र स्वास्थ्यमा नगर तथा गाउँपालिका पिच्छे फरक मापदण्डका कानुनहरू निर्माण हुन थालेका छन्’ उनले भने, 'त्यसको व्यवस्थापकीय पक्ष स्थानीय सरकारले राम्रो गर्न सकेको छैन। त्यसैले केन्द्रीय सरकारले शिक्षा र स्वास्थ्यसम्बन्धी ऐन ल्याएर देशभर एउटै मापदण्ड कायम गर्नुपर्ने हुन्छ।' 

    फरक प्रसंगामा अनसनरत डा. गोविन्द केसीको बारेमा बोल्दै सिटौलाले भने, ‘सरकारले विगतमा डा. केसीसँग गरेको सम्झौता पूरा गर्नुपर्छ।’ ‘सम्झौता कार्यान्वयन गर्न सरकार यसरी चुक्छ भने किन गर्नु त डा. केसीसँग सम्झौता' उनले भने। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]