राजनीति

मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार पी खरेललाई
SHARES

मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार पत्रकार/प्राध्यापक पी खरेललाई प्रदान गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्विरः देविका घर्तीमगर
असार १४, २०७३

    काठमाडौं : यसवर्षको मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार पत्रकार तथा प्राध्यापक पी खरेललाई प्रदान गरिएको छ। मदन भण्डारी मेमोरियल कलेजको १५ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले खरेललाई पुरस्कार प्रदान गरेका हुन्।  

    ४३ वर्ष आमसञ्चार र पत्रकारिता क्षेत्रमा योगदान गरेका खरेल सक्रिय पत्रकारिताका र पत्रकारिता विषप प्राध्यापन गर्थे। ५ औं वार्षिक उत्सवको अवसरमा मदन भण्डारी मेमोरियल कलेजले यसवर्ष स्नातक तहमा उत्कृष्ट हुने रमा पराजुली र सुदन लामिछानेलाई मदन भण्डारी स्वर्ण पदक प्रदान गरेको छ।  

    कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले जननेता मदन भण्डारी युगकै उत्कृष्ट नेता भएको बताए। भण्डारीको ६४ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रममा उनले वैज्ञानिक, अग्रगामी, नयाँ तथा फराकिलो चिन्तनको अगुवाइ गर्ने नेता भएको बताए। 

    'सामाजिक न्याय र समानताको पक्षमा चिन्तन राख्ने, संघर्ष गर्ने देशभक्त नायक हुनुहुन्थ्यो जननेता मदन भण्डारी। उहाँले राजनीतिलाई फोहोरी खेल मात्र होइन राष्ट्र निर्माण, जनसेवा, विकास, सुव्यवस्था, सुशासनको माध्यमबाट मुलुकलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो' उनले भने।  

    २०३० सालमा ताप्लेजुङको ढुंगेसाघुमा जन्मिएका मदन भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय दुर्घटनामा निधन भएको थियो। 

देविका घर्ती मगर

देविका थाहाखबरकी संवाददाता हुन्। उनी राजनीतिकसँगै महिला, जनजाति तथा सांस्कृतिक मुद्दामा कलम चलाउँछिन्।

Follow @devikamagar

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]