समाज

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीद्वारा मालपोतका कर्मचारीलाई कालोमोसो

माघ १६, २०७५

    सुर्खेत : मालपोत कार्यालय सुर्खेतका सूचना अधिकारी नरबहादुर घर्तीलाई वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को विद्यार्थी संगठनका कार्यकर्ताले कालोमोसो दलेका छ्न्। बुधबार दिउँसो कार्यालय समयभित्रै वैद्य नेतृत्वको युवा विद्यार्थी संगठनले कालोमोसो दलेको  विद्यार्थी नेता हिमाल शाहीले जानकारी दिए। मालपोतमा काम गर्ने कर्मचारीहरूले आफ्ना र पैसामुखी भएर काम गर्ने जनगुनासो आएपछि मोसो दलेको शाहीले बताए। उनले सेवाग्राहीलाई सास्ती दिएकाले जनकारबाही गरिएको बताए।

    शाहीले चेतावनीस्वरूप कालोमोसो दलेको जानकारी दिँदै आगामी दिनमा थप कारबाही गर्ने बताए। मालपोत कार्यालय सुर्खेतका प्रमुख लक्ष्मी खत्रीले कार्यालयमा मोट काट्दै गरेको बेला घर्तीलाई कालोमोसो दलेको बताए। ‘मुखमा हात लिएको देखिएको थियो’, उनले भने, ‘हातमा कालोमोसो रहेछ।’ उनले मालपोतको कर्मचारीको सुरक्षामा चुनौती भएको बताए।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्री मोसो दल्ने वैद्य नेतृत्वको नेकपा–(क्रान्तिकारी माओवादी) पार्टीका सदस्यहरुको खोजी कार्य तीव्र पारिएको जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]