राजनीति

बिहीबारको प्रतिनिधिसभा बैठक पनि चल्न नदिने पक्षमा कांग्रेस

माघ १६, २०७५

    काठमाडौं : नेपाली कांग्रेसले बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ।

    सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधिसभा बैठक सूचारु गराउने विषयमा छलफल गर्न बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा  कांग्रेसले यथास्थितिमा प्रतिनिधिसभा बैठक संचालन गर्न नदिने अडान कायमै रहेको बताएको हो।

    सत्ता पक्षले बलजफ्ती ढंगले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नसच्याएसम्म आफ्नो पार्टीले संसद चल्न नदिने निर्णय लिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए। उनले सत्तापक्ष र सभामुखले नागरिक स्वास्थ्यजस्तो गम्भीर विषय समावेश गरिएको सो विधेयक जबरजस्ती पारित गरेकाले त्यसप्रति आफूहरूको असहमति रहेको पनि स्पष्ट पारे।

    प्रमुख सचेतक खाँडले सो विधेयक राष्ट्रियसभाबाट सच्याउन पनि सरकारलाई सचेत गराएका थिए। सो विधेयकमा गम्भीर राष्ट्रिय बहसको आवश्यकता रहेको प्रमुख सचेतक खाँडको तर्क रहेको छ। डा. गोविन्द केसीको कतिपय मागविपरीत सत्ता पक्षले सो विधेयक प्रतिनिधिसभाबाट पारित गरेकाले पनि आफूहरूले त्यसको विरोध गर्नु परेको कांग्रेसको भनाई छ।

    यस्तै बिहीबारबाट प्रतिनिधिसभालाई सुचारु गराउन सभामुख महराले गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अस्विकार गरेको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले समेत बाताइन्। गत माघ ११ गते बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरिएको थियो। त्यसप्रति कांग्रेसले आपत्ति जनाउँदै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]