राजनीति

सरकारले लोकतन्त्रका नाममा लुटतन्त्र मचायो : अध्यक्ष थापा

File Photo
माघ १६, २०७५

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइ रहेको आरोप लगाएका छन्।

    अध्यक्ष थापाले शहीदको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्रको अनुभूति जनतालाई दिलाउने गरी काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचनासमेत गरे। शहीद दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको, धर्म निरपेक्षताको नाममा सनातन धर्मलाई निषेध गर्न खोजेको भन्दै आपत्ति पनि जनाए।

    अध्यक्ष थापाले सहिदहरुले देखाएको बाटोबाट मुलुकलाई अघि बढाउन आफ्नो पार्टी सक्षम रहेको दावी पनि गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]