पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
पर्वत : खाद्य, प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय बागलुङले पर्वत र बागलुङका चारवटा पानी उत्पादक कम्पनीलाई कारबाहीको प्रक्रिया शुरु गरेको छ।
‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको पाइएका कारण ती कम्पनीलाई पानी उत्पादनसमेत रोक लगाइएको छ। कारबाहीमा पर्नेमा पर्वतका दुईवटा कम्पनीहरू मुक्तिनाथ फुड एन्ड वेभरेज प्रालि र कर्माचार्य ब्रदर्श मिनरल वाटर एन्ड वेभरेज इन्डष्ट्रिज तथा बागलुङका दुईवटा कम्पनीमा महालक्ष्मी मिनरल वाटर एन्ड वेभरेज र कार्की मिनरल वाटर रहेका छन्।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेलका अनुसार कार्यालयले अनुगमन गर्ने क्रममा ती कम्पनीले निर्देशिका पालना नगरेको पाइएकाले उत्पादन बन्द गर्न निर्देशन दिइएको हो। निर्देशिकाअनुसार बोतलको सफाई, फिलिङ र क्यापिङको काम स्वचालित मेशिनबाट गर्नुपर्ने भए पनि त्यो नगरिएका कारण उनीहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको पनि पौडेलले बताए।
निर्देशिका कार्यान्वयन नगर्ने कम्पनीको अनुमति पत्र नवीकरण नगर्नेदेखि कारबाहीका लागि सिफारीस गर्नेसम्मको प्रक्रिया थालनी भइसकेको छ। उद्योगको वास्तविक अवस्थाबारे तयार गरिएको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बागलुङ जस्तै पर्वतमा पनि प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।