समाज

हिमपातले प्रभावित अपांगता भएका व्‍यक्तिहरूलाई न्यानो कपडा

माघ १६, २०७५

    मुगु : हिमाली जिल्ला मुगुमा हिमपातले प्रभावति भएका अपांगता असाहय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको छ। नेपाल सरकार गृह मन्त्रालयको कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यलय मुगुको आयोजनामा हिपपातले प्रभावित विपन्न अपांगता असाहयलाई न्यानो कपडा बल्याङकेट र तन्ना वितरण गरिएको हो।

    चिसोले ग्रसीत भएका मुगु जिल्लाका एक सय जना परिवारलाई एक बल्याङकेट र एउटा तन्ना दिइएको विपद् व्यवस्थापनका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। उनका अनुसार समुदायमा अत्यन्त कमजोर आर्थिक अवस्था भएका, हिमपातले प्रभावित, चिसो भए पनि न्यानो कपडाको जोहो गर्न नसकेका असाहय, अपांगता भएका व्यक्तिलाई गाउँस्तरमा गई छनोट गरी न्यानो कपडा वितरण गरीको अधिकारी बताए।

    बूढेसाकालमा साहरा नभएका अपांगता, भएका व्यक्तिलाई चिसोबाट बच्न र बचाउन साहारा नभएकाहरूको लागि नेपाल सरकार छ भन्ने सन्देश दिन मुगुलगायत हिमाली जिल्लामा यो कार्यक्रम सञ्चालन भइरहेको बताउँदै प्रजिअ अधिकारीले त्यसैअनुरुप प्रहरीको सहायताबाट गाउँस्तरमा गई आर्थिक अवस्था कमजोर भएका बेसाहार अपागंता भएका एक सय जनालाई छनोट गरी न्यानो कपडा वितरण गरेको जानकारी दिए।

    हिँड्न नसक्नेलाई घरमै गहेर कपडा बुझाइने

    प्रजिअ अधिकारीले अपांगता भएका हिँड्न नस्ने वृद्धवृद्धालाई घरमै गई न्यानो कपडा वितरण गर्ने बताए। हिड्डुल गर्न नसक्ने बेसाहारा भएकाहरूलाई पहिचान गरी उनीहरूको घरमै गई न्यानो कपडा वितरण गरिने उनले बताए। उनका अनुसार गृह मन्त्रालयको ५ लाख बजेटबाट एक जना व्यक्तिलाई ५ हजारका दरले बल्याङकेट र तन्ना वितरण गरिएको  प्रजिअ अधिको भनाई छ।

    न्यानो कपाडा बुझन आएका वृद्धवृद्धा  खुसी

    न्यानो कपाडा बुझन आएका  वृद्धवृद्धा न्यानो कपडा पाएसँगै खुसी भएका छन्। लगातारको हिमपात र चिसोले कठ्यांग्रिएर जीवन जिउन बाध्य भएका अपांगात, असाहयले बल्यांकेट पाएपछि खुसी भएका हुन्। हातमा बल्याङकेट र तन्ना बुझेपछि थाहाखबरसँग कुरा गदै छायानाथ रारा नगरपालिका ५ डुम गाउँ का ८५ वर्षीय वृद्ध फागुने कामीले चिसाले साह्रै सताएको बेला सरकारले वितरण गरेको बल्यांकेट पाउँदा निकै खुसी लागेको बताए।

    'घरमा कोही छैन, छोरा थिए वास्ता गदैनन्, चिसाले गर्दा राति निन्दा नलाग्ने रातभरी आगोबाली बस्नु पर्ने बाध्यता थियो', उनले भने, 'आज यो न्यानो कपडा पाएको छु। मज्जाले सुत्न पाउने छु।'

    यता ७० वर्षीया वृद्धा बुकी बिकले पनि त्यस्तै गुनासो गरिन्। आफ्नो कोही नभएकाले सार्वजानीक घरमा बस्दै आएको दुखेसो पोखिन्। 'बेसाहार भएर बसेको छौँ। हिमपात र चिसोले सताएको थियो आजबाट केही राहत हुने भयो' उनले खुसी हुँदै भनिन्। न्याने कपडा पाएसँगै सबैको अनुहारमा खुसी छाएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]