खेलकुद

४४ किमि व्यास अल्ट्रा म्याराथनको उपाधी डोटीका भाटलाई

माघ १६, २०७५

    तनहुँ : डोटीका खगेन्द्र बहादुर भाटले व्यास अल्ट्रा म्याराथनको उपाधी चुमेका छन्। सोमबार भएको मानहुँकोटदेखि पुलिमर्‍याङसम्मको ४४ किलोमिटरको दूरी दई घण्टा ५३ मिनेटमा पार गर्दै दोस्रो व्यास नगर अल्ट्रा म्याराथनको उपाधी चुमेका हुन्। त्रिभुवन आर्मी क्लवका भाटले ८० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र हात पारेका छन्।

    त्यस्तै, डोटीकै नवराज साउदले ३ घण्टा ३ मिनेटमा सो दूरी पार गरी द्वितीय स्थान हासिल गर्दै ६० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। त्रिभुवन आर्मी क्लवकै साउदले गत वर्ष भएको प्रथम अल्ट्रा म्याराथनमा प्रथम स्थान हासिल गरेका थिए।

    त्यसैगरी, पाँचथरका भूमिराज राई ३ घण्टा १४ मिनेटमा दूरी पार गरी तृतीय हुँदै नगद ५० हजार, ट्रफी र प्रमाणपत्र पाएका छन्। म्याराथनमा दुर्गाराज बुढा, किरण सिंह बोगटी मगर, सुरेन्द्र चापागाई, विशाल गुरुङ र सुमन कुलुङले सान्त्वना स्थान हासिल गर्दै १५ हजार हात प्राप्त गरेका छन्। प्रतियोगितामा १०४ जना धावकको सहभागिता रहेको थियो।

    व्यास नगरपालिकाभित्रको खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यअनुरूप म्याराथन आयोजना गरिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए। शहीद क्षेत्रलाई एकासथ जोडेर म्याराथनको माध्यमबाट मद्दत मिल्ने उनको भनाई छ। ‘मानुङकोटबाट व्यास नगरपालिकाको ४, ३, २, १०, ७ हुँदै ८ नम्बरको पुलिमर्‍याङ शहीद पार्कसम्म अल्ट्रा म्याराथन गरिएको हो,’ उनले भने ‘मानहुँ शहीदको क्षेत्र हो र पुलिमर्‍याङ पनि जोडेर प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरेका हौँ, शहीद दिवसको दिनमा प्रतियोगितामै आएर सम्मान र सम्झनसमेत सहज बनाएको छ।’

    शहीद दिवसको अवसर पारेर ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान’ भन्ने नारासहित आयोजित अल्ट्रा म्याराथनको शुभारम्भ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए। पौडेलले प्रतियोगिताले शहीदलाई एकआपसमा जोड्दै पर्यटन प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे।

    ख्याति प्राप्त धावक मानन्धर र कोजु सम्मानित

    व्यास नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित अल्ट्रा म्याराथनमा ख्याति प्राप्त धावक वैकुण्ठ मानन्धर र कान्छिमाया कोजुलाई सम्मान गरिएको छ। नगरपालिकाले उनीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]