काठमाडौँ : आयरल्याण्ड ए विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले पहिलो जित हात पारेको छ। त्रिवि क्रिकेट मैदान...
सुनसरी : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मदन भण्डारी स्मृती अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा मेची नेत्रालय काकडभिटा फुटबल टेनिङ सेन्टरलाइ ४–१ गोल अन्तरले पराजित गदै आर्मी उपाधी नजिक पुगेको हो।
आर्मीले अब उपाधीका लागी फाइनलमा बिहीबार हुने मनाङ मस्र्याङदी र पुलिस बीचको बिजेतासँग शनिबार प्रतिष्पर्धा गर्ने छ। खेलको १० औँ मिनेटमा आत्माघाती गोल उपहार पाएको आर्मीका लागी दोस्रो गोल पदम तामाङले पहिलो हाफमा थप गरिएको २ मिनेटको इञ्जुरी समयको पहिलो मिनेटमा गोल गरे। ५८ औ मिनेटमा विवेक बस्नेतले गोल गर्दै आर्मीले ३–० को अग्रता दिलाए। त्यसको दुइ मिनेटपछि मेची नेत्रालयका खामिर गिल्सन कन्दंवाले सान्तवना गोल गरे।
खेलको अन्तिम समयमा थपिएको ४ मिनेटको अतिरित्त समयको पहिलो मिनेटमा कप्तान भरत खवासले १ गोल गरी आर्मीलाइ सहज जित दिलाए। खेलको म्यानअफ द म्याच आर्मीका सन्तोष तामाङ घोषित भए। विजेताले नगद १६ लाख पुरस्कार पाउने प्रतियोगीताको उपाधी भिडन्त शनिबार हुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।