समाज

आगलागीबाट १३ लाख बढीको क्षति

File Photo
माघ १६, २०७५

    मुगु : मुगुको छायानाथ रारा नगरपालिका १३ नेटा लुम गाउँमा आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ। स्थानीय मानसिङ कामीको घरमा बुधबार आगलागी हुँदा १३ लाख २८ हजार ८ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ।

    बुधबार दिउँसो साढे १२ बजेतिर सोलर पावरको ब्याट्री पट्किदा आगलागी भएको हो। आगलागीबाट मानवीय क्षति नभए पनि कामीको तीनतल्ले माटोले ढलान गरेको घर, घरभित्र रहेका लत्ताकपडा, भाँडाकुडा अन्नपात जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यलयले मुगुले जनाएको छ।

    आगो नियन्त्रणका लागि जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको १८ जनाको टोली खटिएको थियो। आगलागी भएको स्थान सदरमुकमा गमगढीबाट दुई घण्टाको टाडा पैदल दूरीमा रहेको छ। सञ्चार सुविधाबाट लुम गाउँ टाडा भएकाले जानकारी ढिलो आएको प्रहरी जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]