धर्म-संस्कृति

आज षट्तिला एकादशी, छ किसिमले यसरी प्रयोग गरिन्छ तिल

माघ १७, २०७५

    काठमाडौं : षट्तिला एकादशी। वर्षभर पर्ने २४ एकादशीमध्ये माघ कृष्ण पक्षको एकादशी। 

    पुराणहरूमा यो दिनको महत्त्वबारे उल्लेख पाइन्छ। संस्कृतमा षड् भनेको छ र तिला भनेको तिल अर्थात् तिललाई छ प्रकारले प्रयोग गर्ने दिन। तिल प्रयोग गरी नुहाउने, तिलको तेलको मालिस गर्ने, तिलले होम गरी तिलक लगाउने, तिल मिसिएको जल पिउने, तिलले बनेका खानेकुरा खाने र तिल दान गर्ने विधान रहेको पुराणविद् पं.बालमुकुन्द देवकोटाले जानकारी दिए।

    एकादशी विशेषगरी वैष्णवहरूको विशेष पर्व हो। भगवान् विष्णुको पूजा आराधना गर्ने व्रत बस्ने दिनको रूपमा यो दिनको महत्त्व छ। 

    षट्तिला एकादशीका दिन गन्ध, पुष्प, धूप, दीपसहित षोड्षोपचार विधिले विष्णुको पूजा गर्ने र मास र तिलमिश्रित खिचडी पकाएर भगवानलाई भोग लगाउने विधान रहेको पं. देवकोटाले बताए।

    माघलाई त्यसै पनि पवित्र महिना मानिएको छ। माघमा प्रशस्त तिलको प्रयोग गर्नुपर्ने पुराणमा बताइएको छ। सनातन धर्ममा तिल देवता र पितृका प्रिय वस्तु त मानिन्छ नै मानिसका लागि पनि पुष्टिकारक मानिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]