पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
डडेल्धुरा : डडेल्धुरामा पहिलोपटक राजपुर सामुदायिक वन उपभोक्ता समूहमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको सुरुवात गरिएको छ। जिल्लामा रहेका चार सय बढी सामुदायिक वन समूह मध्ये अमरगढी नगरपालिका–३ मा रहेको राजपुर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु गरिएको हो। वन क्षेत्रलाई समुदाय स्तरमा लगेर संरक्षण गर्ने उद्देश्यले साझेदारी कार्यक्रम लागू गरिएको हो।
यससंगै जिल्लका अन्य तीन वटा सामुदायिक वनहरुमा पनि वैज्ञानिक वन व्यवस्थापन गरिन लागेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। सल्लेरी वन राजपुरमा माउ रुख राखी कटान सुरु गरिएको छ।
सल्ला प्रजातीको रुख मात्रै रहेको राजमपुर सामुदायिक वनलाई ६ भागमा विभाजन गरिएको छ। कूल २ सय ३६ हेक्टर क्षेत्रफल रहेको यस सामुदायिक वनलाई वैज्ञानिक वन व्यवस्थापनका लागि १० वर्षीय कार्य योजना बनाइएको छ। पहिलो चरणमा सामुदायिक वनको २५.७७ मध्ये २.७ पुनर उत्पादन कटान अन्र्तगत ७ हजार १ सय क्यूफिट सल्लाको काठ काटिएको छ।
नेपाल सरकारको नीतिअनुरुप नै जिल्लामा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन कार्य शुरु गरिएको डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजन वन अधिकृत बोधराज सुवेदीले जानकारी दिए।
६० वर्षमा सल्लाको रुख परिपक्क भइसक्ने भएकाले उमेर बढी हुदा रुखले उत्पादन नदिने, ठाँउ ओगटेर राख्नाले नँया विरुवा हुर्कन नपाउने, सुर्यको प्रकाश पनि रोक्ने भएकाले आर्थिक आय आर्जनसंगै वन बढाउन वैज्ञानिक वन व्यवस्थापन गर्न सुरवात गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ।
वनको विकास र रुखको वृद्धिका लागि सामुदायिक वनलाई विभिन्न भागमा विभाजन गरेर वैज्ञानिक वन व्यवस्थान सुरु गरिएको हो। वन व्यवस्थापन गर्दा र नगर्दा वनको विकास र वृद्धिमा के फरक पर्छ भन्ने मापन सजिलै हुने डिभिजनल वन अधिकृत सुवेदी बताउँछन्।
मौजुदा वनको मूल्य, उत्पादकत्व, सामाजिक र भौतिक वातावरणमा नकारात्मक प्रभाव नबढ्ने गरी एउटा वा बढी उद्देश्यअनुसार वन बाट लगातार उत्पादन र सेवा प्राप्त गर्ने प्रक्रिया अनुसार वैज्ञानिक वन व्यवस्थापन गरिन लागेको हो। उनले भने, ‘संभावना हुँदा हुँदै निम्तिएका समस्याहरुमा काठ/दाउरा उत्पादन पर्याप्त नहुँदा माग र आपूर्तिमा तालमेल मिलाउन कठिन भएको छ।’
नेपालमा वार्षिक रुपमा करिब ७ अर्ब बरावरको विदेश बाट कमसल खालको काठ आयात हुँदै आएकोले राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर परेको यसका साथै काठ प्रयोग हुने गर्न सकिने ठाँउमा समेत आल्मुनियम आदिको प्रयोगले पर–निर्भरता बढ्दै गएको, वन क्षेत्रको उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुनुको सट्टा ह्रास हुँदै गएको रहेका छ। उनले भने, ‘यस कारण आय आर्जन वृद्धी संगै विदेशी आयत कटौती गर्न वनमा कुनै पनि क्षेत्र लाई असर नपुग्ने गरी वैज्ञानिक वन व्यवस्थापन गर्न आवश्यक पनि छ।’
यहाँका अन्य वनहरुमा पनि वैज्ञानिक वन व्यवस्थापन गर्न वनका कर्मचारी, फेकोफन, सामुदायिक वनका अध्यक्ष लगायत पदाधीकारीहरुसंग वैज्ञानिक वन व्यवस्थापन तालिम सैद्धान्तिक तथा स्थलगत अध्ययन पनि गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।