समाज

श्रीमतीका रिसले आफ्नै छात्तीमा बन्दुक हान्दा अस्पताल भर्ना

माघ २०, २०७५

    उदयपुर : श्रीमतीसँग घरयासी विवाद भएपछि एक युवाले घरमै राखेको भरुवा बन्दुक आफ्नै छात्तीमा पड्काउँदा गम्भीर घाइते भएका छन्। रौतामाई गाउँपालिका-५ रातमाते बस्ने वर्ष ३८ का निरबहादुर राईले घरमै भएको भरुवा बन्दुक अफ्नै छात्तीमा हानी आत्महत्या प्रयास गर्दा गम्भीर घाइते भएका हुन्।

    जिल्ला प्रहरी उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार घरमा सामान्य रूपमा श्रीमतीसँग भनाभन हुँदा आवेगमा आई आत्महत्याका लागि भरुवा बन्दुक छात्तीतिर फर्काई पड्काउँदा राई अहिले गम्भीर घाइते भएका हुन्। शनिबार दिउँसो राईले बन्दुक आफ्नै छात्तीतिर फर्काएर पडकाएका हुन्।

    ‘घाइते राईको छात्तीमा ठूलो घाउ छ।’ एसपी राईले भने, ‘घाइते राईलाई स्थानीयले उपचारार्थ जिल्ला अस्पतालमा प्राथामिक उपचारपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ।’ भने बन्दुक प्रहरीले बरामद गरी थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुले जनाएको छ।

    ग्रामीण भेगमा सिकार खेल्न स्थानीय घरमा अवैधानिक रूपमा राखेको भरुवा बन्दुकका कारण विभिन्न प्रकारका घटना हुँदै आइरहेका छन्। गाउँघरमा राखिएको भरुवा बन्दुक नियन्त्रण गर्ने वेला आएको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]