समाज

गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

माघ २०, २०७५

    गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका  ८ वामी मैदानमा पीकअप जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
     

    वामी मैदानमा ग १ च ८३५७ नंम्बरको पिकअप दुर्घटना हुँदा मुसकोट नगरपालिका ८ वामीका बर्ष ३० का ठाकुर प्रसाद सापकोटा, सोही स्थानकै ५५ वर्षीया पुतलीसिंह ठकुरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    यस्तै दुर्घटनामा २ जना घाइते भएका छन्। घाइतेहरूमा मुसिकोट नगरपालिका वडा नं ८ कै वर्ष ४८ की हरिकला कार्की, बर्ष १२ का कमल कार्की रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिए।

    खड्ककाका अनुसार घाइते २ जनाको वामीमा उपचार भइरहेको छ। घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]