राजनीति

प्रदेश १ को नाम र राजधानी, नियमावली संशोधनपछि मात्र टुंगिने

माघ २०, २०७५

    विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबारदेखि सुरु हुने हिउँदे अधिवेशनले संसदको नियमावली संशोधन गरी प्रदेशको नाम र राजधानीको विषयमा प्रस्ताव लैजाने बताएका छन्।

    प्रदेशको नाम र राधजानीको विषय कसरी संसदमा प्रवेश गराउने भन्ने अन्योल रहेका बेला मुख्यमन्त्री राईले नियमावली संशोधन गरिने बताएका हुन्। प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री राईले यही अधिवेशनभरमा प्रदेशको नाम र राजधानी, संसदीय समितिका सभापति चयन गरिने र संसदमा दर्ता रहेका ६ वटा विधेयक पारित पनि गरिने बताए। उनले प्रदेश सरकार संचालनका लागि केही अत्यावश्यक विधेयकको मस्यौदा भइरहेको जानकारी पनि दिए।

    प्रदेशको नाम र राजधानी के र कहाँ हुने भन्ने विषयमा संसदमा रहका दलहरुसँग छलफल गरेर सहमतिमा टुंग्याउने प्रयास भइरहेको बताउँदै मुख्यमन्त्री राईले यस विषयमा केन्द्रीय नेताहरुका बीचमा सहमति भएको बारे आफूलाई जानकारी नभएको बताए। प्रदेशको नाम र राजधानीको विषय टुंग्याउने विषय प्रदेशसभाको अधिकार रहेको कारण अन्यत्र हुने सहमतिले खास अर्थ नराख्ने बताए।

    प्रदेश सरकार गठनको १ वर्ष पुरा हुन केही दिनमात्र बाँकी रहेको बेला मुख्यमन्त्री राईले मन्त्रिपरिषद विस्तारको संकेत गरेका छन्। उनले ९ देखि ११ सदस्यीय मन्त्रिपरिषद् बन्न सक्ने संकेत गर्दै संघीय सरकारको अनुमतिमा मन्त्रालय विस्तार गरिने बताए।

    उनले राजधानी र नामको विषयमा जिम्मेवार भएर समाचार लेख्न र नगिजोल्न पनि पत्रकारलाई आग्रह गरे। प्रदेश सरकारको १ वर्षको कामको समिक्षा विवरण र आगामी कार्ययोजनाबारे आगामी फागुन ३ गते विशेष समारोह गरेर जानकारी दिने मुख्यमन्त्री राईले बताए।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]