राजनीति

प्रचण्डले अमेरिकालाई चिढ्याएकोमा कांग्रेसको आपत्ति

माघ २०, २०७५

    काठमाडौंः नेपाली कांग्रेसले अमेरिका र भेनेजुयलाको विषयमा नेकपाका अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिमा आपत्ति जनाएको छ। 

    प्रचण्डले लामो समयदेखि नेपाललाई सहयोग गर्दै आएको अमेरिकालाई अनावश्यक रुपमा चिढ्याएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो। आइतबार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रसंग नै नभएको भेनेजुयलाको विषयमा बोलेर अमेरिकालाई चिढ्याएको कांग्रेसले बताएको हो।

    त्यस्तै कांग्रेसले अबको आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताएको छ। अनशन स्थगित गरेका गोविन्द केसी जसरी अघि बढ्छन् त्यसैगरी कांग्रेस पनि अघि बढ्ने निर्णय कांग्रेसले गरेको हो। आइतबारको संसद बैठकमा पनि सुरुमा कांग्रेसका सांसदहरुले बोल्ने, त्यसपछि सरकार र सभामुखको क्रियाकलाप हेरेर संसद चल्न दिने कि नदिने भनेर निर्णय गर्ने कांग्रेसले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]