खेलकुद

टस हारेको नेपाललाई ब्याटिङको निम्तो, १० ओभरमा छोट्याइयो खेल

फाइल फोटो
माघ २०, २०७५

    काठमाडौं : नेपाल र युएईबीच जारी टी- २० श्रृंखलाको अन्तिम खेलमा नेपालले टस हारेको छ। टस जितेर युएईले नेपाललाई ब्याटिङको निम्तो दिएको छ। 

    अबको केही समयमा शुरु हुने खेलमा श्रृंखला जित्न दुवै देश जित्नैपर्ने दबाबका साथ मैदानमा उत्रिएका छन्। 

    खेलमा नेपालले विनोद भण्डारीलाई ल्याइएको छ। प्रदीप ऐरीलाई भने प्लेइङ ११ बाट हटाइएको छ।

    दिउँसो २:४५ बजे शुरु हुने खेल दुई घण्टा ढिलो गरेर शुरु भएको हो। खेलमैदानमा वर्षाका कारण खेल रोकिएको थियो। वर्षाका कारण खेल १० ओभरमा घटाइएको छ।

    श्रृंखलामा नेपाल र युएईले शुरुका दुईमध्ये एक-एक खेल जितेका छन्। टी-२० श्रृंखलाको पहिलो खेलमा युएई २१ रनले विजयी भएको थियो भने दोस्रो खेल नेपालले चार विकेटले जित्दै श्रृंखला बराबरी गरेको थियो।

    युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले युएइविरुद्धको एकदिवसीय श्रृंखला जितेको छ। तीन खेलको श्रृंखलाको एकदिवसीयको पहिलो खेल हारेको नेपालले लगातार दोस्रो र तेस्रो खेल जितेर श्रृंखला जितेको थियो। एकदिवसीयमा नेपालले पहिलो खेल हारेर २–१ ले श्रृंखला जितेकाले टी-२० मा पनि सोही परिणाम निकाल्ने अपेक्षा गरिएको छ।

    आजको खेलमा विजय हाँसिल गरे नेपालले पहिलो अन्तर्राष्ट्रिय टी-२० क्रिकेट श्रृंखला भित्र्याउनेछ। सन् २०१४ मा टी-२० विश्वकप खेलिसकेको नेपालले यसअघि नेदरल्यान्डस् र हङकङसँग टी-२० श्रृंखला खेले पनि जित्न सकेको थिएन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]