समाज

बालबालिकाको अवस्था पत्ता लगाउन घरघर पुगेर जन्मदर्ता

माघ २०, २०७५

    जाजरकोट : बालबालिको अवस्था पत्ता लगाउन छेडागाड नगरपालिकाले गाउँ, गाउँमा जन्मदत्र्ता गर्नका लागि घुम्ती शिविर गरेर अभियान थालेको छ। आफनो नगर क्षेत्र भित्र जन्मदर्ता नगरेका बालबालिकाको संख्या ठूलो भेटिएपछि कर्मचारीहरुको चार वटा समूह निर्माण गरी नगरपालिकाभरि घुम्ती शिविर सञ्चालन गर्दै 'म जन्मदर्ता अभियान' व्यापक रुपमा सञ्चालन गरिएको हो।

    १२ दिने घुम्ती शिविरमार्फत नगरपालिकाले ३ हजार वालवालिकाको जन्मदर्ता गराएको छ। नगरपालिकाले अवदेखि नियमित रुपमा रुपमा जन्मदर्ता अभियान संचालन गर्ने भएको छ। नगरपालिकाका सवै वडामा जन्मिने सवै वालवालिकाको जन्मदर्ता गर्ने जनाएको छ। 'पहुँच परियोजनाको सहयोगमा छेडागाड नगरपालिका यो अभियान चलाएको  हो।

    सामाजिक सुरक्षा, बाल गरिबी तथा जोखिमतासम्बन्धी घरधुरी सर्वेक्षण प्रतिवेदन २०७५ ले नगरपालिकाभित्र १६ वर्ष मुनिका कूल बालबालिका मध्ये ३ हजार ६२७ वालवालिकाको जन्मदर्ता छुटेको भेटिएपछि नगरपालिकाले जन्मदर्ता अभियान चलाएको मेयर लालवहादुर महताराले बताए। महताराले भने, 'जन्मदर्ताको अधिकार बालबालिकाको पहिलो अधिकार भएकोले सवै वालवालिकाको जन्तदर्ताको अधिकार सुनिश्चित गर्न आफूहरूले यो अभियान सुरु गरेको र वालवालिकाको जन्मदर्ता गरेर उनीलाई राज्यले दिने सवै प्रकारका सेवा सुविधामा सहज पहुँच स्थापित गर्नु पनि हो।' 

    आफूहरूले १२ दिन सम्म सन्चालन गरेको जन्मदर्ता अभियानमा करिब ३ हजार बालबालिकाले जन्मदर्ता गराएको र जन्मदर्ता गराउन छुटेका सबै बालबालिकाको खोजी खोजी जन्मदर्ता गरिने नगर प्रमुख महताराले थपे। पाँचवर्ष मुनिका सबै बालबालिकाको लागि नेपाल सरकारले व्यवस्था गरेको बालपोषण अनुदानका लागि जन्मदर्ता भइसकेका सवै वालवालिकाको विवरणलाइ फागुन मसान्तभित्र मुख्य घटना दर्ता तथा सामाजिक सुरक्षा सुचना व्यवस्थापन प्रणालीमा प्रवृष्टि गरिसक्ने र आगामी चैत्र महिनादेखि बालपोषण अनुदान बापत बालबालिकाले प्रतिमहिना ४०० का दरले रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ।

    यस सहयोगले नगरपालिका भित्रका ५ वर्ष मुनिका सयौं बालबालिकामा पोषणको अभाव घट्ने र कुपोाषणको अवस्थामा सुधार आउने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद आचार्यले जानकारी दिए। आचार्यले भने, 'बालश्रम र बालविवाह न्यूनीकरण गर्नको लागि जन्मदर्ता महत्वपूर्ण र जरुरी रहेका छ, बालविवाह गर्ने गराउने दुबैलाई कानुनी दायरामा ल्याउन जन्मदर्ता प्रमाणपत्रले बलियो प्रमाणको रुपमा काम गर्नेछ।' 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]