राजनीति

जनकपुरधामका नगर प्रमुखविरुद्ध वडा अध्यक्षहरू धर्नामा

माघ २०, २०७५

    जनकपुरधाम : जनकपुरधाम उप–महानगरपालिकाका वडा अध्यक्षहरूले अधिकार प्रत्यायोजनासहित १६ बुँदे माग राख्दै धर्ना बसेका छन्। जनकपुरधाम उप–महानगरपालिकाका २५ वडा अध्यक्षहरूमध्ये १६ जना वडा अध्यक्षहरूले आफ्नो १६ बुँदे मागसहित धर्ना बसेका हुन्।

    आइतबार बिहान १० बजेदेखि २५ वडा अध्यक्षहरूमध्ये १६ वडा अध्यक्षहरूले संवैधानिक व्यवस्थाअनुरूप अधिकार प्रत्योजन, वडा कार्यालयहरूमा दैनिक भइपरी आउने कार्यको लागि स्वयतता व्यवस्था, वडा कार्यालयहरूमा भौतिक, आर्थिक तथा संशोधन स्वयतताको व्यवस्थाको मागसहित धर्ना बसेका हुन्। वडाको कार्यभार अनुसारको कर्मचारी व्यवस्थापन, संवैधानिक व्यवस्थाअनुसार बजेटको विनियोजन, कार्यपालिका बैठकमा प्रत्येक वडा अध्यक्षहरूले एजेण्डा राख्न र छलफल गर्न पाउनुपर्ने साथै कार्यपालिका बैठकको सम्पूर्ण निर्णयहरू सञ्चार माध्यममा सार्वजनिक गर्नुपर्नेलगायतका माग उनीहरूको छ।

    त्यसैगरी नगरप्रहरीले वडामा काम गर्न जाँदा वडासँग समन्वयन गर्नुपर्ने, दैनिक ज्यालादारीमा भर्ना भएका कर्मचारीको व्यय कार्यपालिकाको बैठकमा पेश गर्नुपर्ने, कर्मचारी भर्ना गर्दा कार्यपालिकाको बैठकबाट पारित गराउनुपर्ने तथा कानुनबमोजिम भर्ना प्रक्रिया अगाडि बढाउनुपर्ने लगायतका माग अघि सारेका छन्।

    वडा अध्यक्षहरूले विगतमा ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउने काम गरिए पनि त्यसको सुनुवाई नभएको कारण बाध्य भएर धर्नामा बस्नु परेको वडा अध्यक्ष मनोज साह जानकारी दिए। उनले भने, मेयर साबलाई पटक–पटक आग्रह गर्‍यौँ, तर हाम्रो मागलाई उहाँले बेवास्ता गर्नु'भो। त्यही भएर हामीले विकल्पको रुपमा धर्ना कार्यक्रम अघि सारेका हौँ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]