स्वास्थ्य

कर्मचारी अभावले सञ्चालनमा आएन स्वास्थ्य इकाइ

माघ २०, २०७५

    बैतडी : कर्मचारीको अभावमा  बैतडीको सुर्नया गाउँपालिका ८ ढोलेस्थित सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आउन सकेको छैन। वडा ८ का ढोले र दोराका स्थानीयबासीलाई नजिकै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामुदायिक स्वास्थ्य इकाइको भवन निर्माण गरिएको भएपनि कर्मचारीको अभाव भवन प्रयोगविहीन भएको शिखरपुर स्वास्थ्यचौकीका इन्चार्ज बीरबहादुर बोहराले जानकारी दिए।

    वडा कार्यालयको गत आर्थिक वर्षको ५ लाखको लागतमा भवन निर्माण गरिएको थियो। साउनबाटै कार्यालय सञ्चालन गर्ने भनिए पनि कर्मचारीको अभावमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आउन नसकेको हो। कर्मचारीको व्यवस्थापनका लागि गाउँपालिकालाई आग्रह गरेको तर अहिलेसम्म सुनुवाई नभएको स्वास्थ्यचौकीका इन्चार्ज बोहराको भनाई छ। 

    २४ सै घण्टा प्रसूति सेवा दिने र अन्य आधारभूत स्वासथ्य सेवा प्रदान गर्ने उद्देश्यसहित सामुदायिक स्वास्थ्य इकाइको भवन निर्माण गरिए पनि सञ्चालनमा नआउँदा स्थानीयबासी दुखी भएका छन्। नजिकै स्वाथ्य संस्था नहुँदा उनीहरूले ३/४ घण्टा हिडेर स्वास्थ्य सेवा लिनु परिरहेको छ। नजिकै स्वास्थ्य संस्था नहुँदा ढोले र दोराका अधिकांश आमाले घरमै बच्चा जन्माउने गरेको बताइएको छ। 

    गाउँपालिकाले करारमै भए पनि कर्मचारी भर्ना गरेर सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याउनुपर्ने स्थानीयबासीले माग गरेका छन्। यो विषयमा सुर्नया गाउँपालिका ८ का वडा अध्यक्ष आनन्दसिंह बोहराले करारमा कर्मचारी भर्ना गर्ने कार्यविधि पारित भइसकेको र एक महिनाभित्रै कर्मचारीको व्यवस्थापन गर्ने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]