समाज

सडक स्तरोन्नतिको माग गर्दै स्थानीय आन्दोलित

माघ २०, २०७५

    कञ्चनपुर : कञ्चनपुरको कलुवापुर–बेलौरी सडक स्तरोन्नतीको माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन्। स्थानीय बासिन्दाले सडक स्तरोन्नती हुनु पर्ने माग अघि सार्दै आन्दोलनमा उत्रिएका हुन्।

    वर्षौंदेखि अलपत्र अवस्थामा रहेको सडक कालोपत्रे हुनु पर्ने र सडकमा उड्ने धूलोबाट स्थानीय बिरामी पर्न थालेकाले तत्काल सडकमा पानी छम्कने व्यवस्थाको माग गर्दै आन्दोलनमा उत्रिएको स्थानीय उत्तरदेव भट्टले बताए।

    'दुई दिनदेखि सडक कालोपत्रेको मागअघि सार्दै पाँच घण्टासम्म सडकमा चक्काजाम गर्दै आएका छौँ' उनले भने, ‘भोलिसम्म पनि सडक स्तरोन्नतीको कार्य अगाडि नबढाइए अनिश्चिकालसम्मका लागि चक्का जाम हुन्छ।’ सडकको अवस्थाका बारे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि भौतिक पूर्वाधार विकास मन्त्रीसम्मलाई भेटेर ज्ञापन पत्रसहित जानकारी दिइएको उनले बताए।  

    स्थानीयले खाल्डा खुल्डी र धुलाम्मे भएको सडकमा असहज रूपमा यात्रा गर्नु परेको छ। कच्ची सडकै कारण यात्रुले २७ किलोमिटर यात्रा गर्न १५० बढी चर्को भाडा तिर्नु परेको छ। हिउँदका बेला सञ्चालन हुने सडक वर्षातका बेला हिलाम्मे हुँदा स्थानीय यात्रुहरूले पैदल नै गन्तव्यमा पुग्नु पर्ने बाध्यता छ। सडक निर्माणको कार्य एक वर्षदेखि ठप्प रहेको छ।

    ठेकेदार कम्पनी सन्तोषी–थेगिम जेभीका प्रतिनिधि दमन राज जोशीले बजेट अभावले सडक निर्माणको कार्य अगाडी बढन नसकेको बताए। सन्तोषी–थेगिम जेभीले २०७३ साल भदौमा २३ किलोमिटर कलुवापुर–बेलौरी सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो।

    सम्झौताअनुसार सन्तोषी–थेगिम जेभीले २०७५ साल भदौ १५ गतेभित्र निर्माण कार्य सक्नुपर्ने थियो। १८ करोड २० लाख रुपैयाँमा निर्माण गर्ने सम्झौता भएकोमा अहिलेसम्म निर्माण कम्पनीले ४ करोड ४४ लाख भुक्तानी लिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]