समाज : सुरक्षा/अपराध

तोकिएको लागत र समयमै आयोजनाहरू सम्पन्न गर्न अख्तियारको निर्देशन

File Photo
माघ २०, २०७५

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारद्वारा सञ्चालन भएका आयोजनाहरूको सुक्ष्म रुपमा अध्ययन गरिरहेको जनाउँदै अनियमितता भएको पाइएमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

    सरकारद्वारा सञ्चालित आयोजनाहरूका बारेमा सम्बन्धित मन्त्रालयका महाशाखा र विभागका प्रमुखहरूसँग आइतबार भएको छलफल कार्यक्रममा आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोजनाको कार्यहरू तोकिएकै लागतमा तोकिएकै समय र गुणस्तरमा सम्पन्न गर्ने सुनिश्चितता प्रदान गर्न निर्देशन दिएका हुन्।

    आयोगले यसअघि १ हजार ८ सय ४८ आयोजनाहरूको निर्माण कार्य समयमा सम्पन्न नभई अलपत्र अवस्थामा रहेको जनाएको थियो। २३ अर्बभन्दा बढी सरकारी रकम मोबिलाइजेसन पेश्कीका रूपमा ठेकेदारले प्रयोग गरिरहेका तर ती आयोजनाहरू सम्पन्न नभई अधिकांशको म्याद थप नै नभएको र कतिपयको पटक पटक म्याद थप भएर पनि कार्यसम्पन्न नभएकोले सरकारी स्रोतको अधिकतम उपयोग हुन नसकेको हुँदा यसतर्फ गम्भीर हुन पनि उनले ध्यानाकर्षण गराए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]