समाज

१२ थान बन्दुकसहित दाङमा दुईजना पक्राउ

माघ २०, २०७५

    बाँके : नेपाल प्रहरी, प्रदेश-५ प्रहरी कार्यालय तुल्सीपुरको टोलीले विभिन्न थरीका १२ थान बन्दुकसहित आइतबार बिहान दुई जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा राजपुर गाउँपालिका–७, भौवा नाकास्थित एक घरमा खानतलासी गर्ने क्रममा भरुवा बन्दुक, बाह्रबोर राइफल र रिभल्वर बरामद भएको ५ नंं. प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक बोधराज रेग्मीले जानकारी दिए।

    रेग्मीका अनुसार, पाँच थान भरुवा बन्दुक, एक–एक थान बाह्रबोर राइफल र रिभल्वर तथा तीन थान एयरगन राइफल तीन थान र एक थान कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ। आइतवार विहान करिव साढे एक बजेको समयमा राजपुर गाउँपालिका–७, भौवा नाकाका ५९ बर्षिय जितबहादुर बुढाले संचालन गरेको आरनमा खानतलासी गर्दा उक्त हतियार बरामद गरेको उनले बताए।

    जितबहादुरको आरनमा छापा मारेर प्रहरी टोलीले ठूलो हतियार बनाउन प्रयोग हुने २९ थान नाल, सानो हतियार बनाउन प्रयोग हुने १२ थान नालसहित रेती, हथौडा, किलाकाँटा बरामद भएको प्रदेश नं. प्रहरी कार्यालयले जनाएको छ।

    त्यसैगरि, शरिर खानतलासी गर्ने क्रममा राजपुर गाउँपालिका–७, भौवा नाकाकै ३८ बर्षिय रुद्रमणी घर्तीको साथबाट एक थान भरुवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ। बन्दुक लिएर जितबहादुरको आरनमा बसिरहेका बेला शरिर चेकजाँच गर्ने क्रममा उक्त भरुवा बन्दुक फेला परेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए।

    बरामद भएका हतियार इलाका प्रहरी कार्यालय गढवा, दाङमा बुझाएको प्रदेश नं. ५ प्रहरी कार्यालयले जनाएको छ। ‘घरेलु हतियार बनाएर जितबहादुरले विक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ उनले भने। पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालयलाई बुझाएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]