समाज

बहुविवाह मुद्दाका प्रतिवादी २२ वर्षपछि पक्राउ

माघ २०, २०७५

    जनकपुरधाम : बहुविवाहको मुद्दामा २२ वर्षदेखि फरार रहेको एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। बारा जिल्ला अदालतले बहुविवाह मुद्दामा दोषी ठहर गरी कैद भुक्तान तथा जरिवाना तोकेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा फरार प्रतिवादी बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका ३ वस्ने ५२ वर्षीय तुलसीप्रसाद तिमल्सिना रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। जिल्ला अदालत बाराको मिति २०५२ चैत्र १९ गतेको फैसला आदेशले बहुविवाह मुद्दामा तिमल्सिनालाई २ महिना कैद र दुईहजार जरिवाना ताकेको छ।२२ वर्षदेखि फरार रहदै आएका तिमल्सिनालाई इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ।

    निजलाई बारा जिल्ला अदालतमा पेश गरी अदालतको आदेशानुसार ताेकिएको कैद भुक्तानको लागि पर्सस्थित बीरगञ्ज कारागार पठाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]