विज्ञान प्रविधि

साढे तीन लाखले अवलोकन गरे क्यान इन्फोटेक मेला

File Photo
माघ २०, २०७५

    काठमाडौं : कम्प्युटर एशोसिएन नेपाल (क्यान) महासंघले सुबिसु क्यान इन्फोटेक मेला गत वर्षभन्दा धेरै उपलब्धिमूलक भएको जनाएको छ। क्यान महासंघले आइतबार सम्पन्न सो मेला गत वर्षहरूभन्दा धेरै उपलब्धिमूलक भएको प्रतिक्रिया दिएको हो।

    अवलोकनकर्ताहरूको उपस्थिति पनि विगतका वर्षहरूमा भन्दा धेरै उत्साहजनक रहेको पाइएको क्यान महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले जानकारी दिए। नेपाली प्राविधिकहरुले बनाएको सफ्टवेयरहरूलाई मेलामा विशेष महत्व दिइएको थियो। सूचना र प्रविधिका क्षेत्रमा लागेकाहरूले नेपाली प्राविधिकहरूले बनाएको सफ्टवेयरलाई विशेष महत्व दिएको पनि क्यान महासंघले जनाएको छ। क्यान महासंघका वरिष्ठ उपाध्यक्ष कुँवरले ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डवमा आयोजना गरिएको मेलामा ३ लाख ५० हजारभन्दा बढीले अवलोकन गरेको पनि जानकारी दिए।

    सूचना तथा प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसेरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्वेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायतका १७५ स्टल रहेका थिए।

    यसैबीच, क्यान महासंघले २ महिनाभित्र सबै प्रदेशका मुख्यमुख्य सहरमा पनि सो मेला आयोजना गर्ने कार्यक्रम तय गरेको छ। २ महिनाभित्र प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र कर्णाली प्रदेशको सुर्खेतमा पनि क्यान इन्फोटेक मेला आयोजना गर्न लागिएको पनि वरिष्ठ उपाध्यक्ष कुँवरले जानकारी दिए।

    क्यान महासंघले यसअघि नै प्रदेश १ को राजधानी विराटनगर र प्रदेश २ को वीरगंजमा सो मेला आयोजना गरिसकेको छ। क्यान महासंघले सूचना र प्रविधिका क्षेत्रका नयाँनयाँ आविष्कारबारे आम उपभोक्तालाई जानकारी गराउन हरेक वर्ष क्यान इन्फोटक मेला आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]