खेलकुद

कप्तान पारस खड्का आउट

फाइल फोटो
माघ २०, २०७५

    काठमाडौं : नेपाल र युएईबीचको टी-२० सिरिजको अन्तिम खेलमा नेपालका कप्तान पारस खड्का आउट भएका छन्। पारस चौथो विकेटका रूपमा २९ रन बनाएर आउट भएका हुन्। 

    १४ बलमा २९ रन बनाएका मोहम्मद बुटाको बलमा आउट भएका हुन्।

    नेपालको तेस्रो विकेटका रूपमा दीपेन्द्रसिंह ऐरी आउट भए। उनले यसअघीको खेल जिताउन महत्वपूर्ण ब्याटिङ गरेका थिए। 

    आज उपकप्तान ज्ञानेन्द्र मल्ल  पनि चलेनन्। मल्ल ११ रनमा आउट भएका छन्।

    मल्ल यसअघीका खेलमा पनि खासै चलेका थिएनन्।

    नेपालका ओपनरका रूपमा आएका पवन सर्राफ शून्य रनमा आउट भएका थिए। 

    पवनलाई मोहम्मद नावीले आउट गरेका हुन्। 

    वर्षाका कारण प्रभावित खेल निर्धारित समयभन्दा दुई घण्टा ढिलो शुरु भएको थियो। नेपालको ओपनरमा पवन र पारस खड्का आएका थिए। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]