राजनीति

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन समाजवादी पार्टीको माग

File Photo
माघ २०, २०७५

    काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति राष्ट्रिय समाजवादी पार्टी, नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलिय पदार्थको मूल्यवृद्धिले आम उपभोक्ताको जनजीवनमा गम्भीर असर पर्ने भन्दै ध्यानाकर्षण भएको जनाएको हो।

    'पटक-पटक मूल्यवृद्धि गरिनु भ्रष्टाचार अनियमितता कालोबजारीजस्ता गतिविधिलाई सरकारीस्तरबाटै प्राथमिकता दिइनु तथा जनताको जनजीवनसँग जोडिएका दैनिक उपभोग्य वस्तुहरूलाई सर्वसुलभ तरिकाबाट उपलब्ध गराउनु नसक्नु वाम सरकारको दैनिकी बन्दै गएको छ', जारी विज्ञप्तिमा भनिएको छ, 'यसरी सर्वसाधारण जनतामाथि खेलवाड गर्दै उच्च कर लाद्नस एवं मूल्यवृद्धि थोपारिनु जनहितविपरीत कार्य र वाम सरकारको अक्षमता हो।'

    कमिशन आर्जन गर्ने उद्देश्यमा मूल्यवृद्धि गरिएको भन्दै तुरुन्त मूल्यवृद्ध फिर्ता लिन सरकारसँग नपार्टोले माग गरेको छ। नेपाल आयल निगमले शनिबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल डिजल तथा मट्टितेलमा दुई/दुई रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]