काठमाडौँ : नेपाल ए र आयरल्याण्ड ए बीचको टी–२० सिरिजअन्तर्गतको पहिलो खेलमा आज पाहुना टोली आयरल्याण्ड ए ले नेपाल ए सामु जितका लागि २२३...
धनकुटा : प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा प्रदेश १ सभाको हिउँदे अधिवेशन सुरु हुँदै गर्दा आइतबार धनकुटामा भने प्रदेश १ स्थायी राजधानीको माग गर्दै आन्दोलन सुरु भएको छ। हिउँदे अधिवेशनले प्रदेशको स्थायी राजधानी र नाम टुङ्गो लगाउने विभिन्न कार्यक्रममा मुख्यमन्त्री शेरधन राई बताएकाले धनकुटामा राजधानीको माग गर्दै आन्दोलन सुरु भएको हो।
‘प्रदेश एकको राजधानी धनकुटालाई बनाऔँ’ अभियानको आयोजनामा धनकुटा सदरमुकाममा र्यालीसहित कोणसभा गरिएको छ। स्थानीय मदन चोकबाट सुरु भएको र्याली परिचय मोड, भीमनाराण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुदैँ पुन: मदन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
र्यालीमा विभिन्न दलका प्रतिनिधि, नागरिक समाज सहित स्थानीयवासीको सहभागिता रहेको थियो। धनकुटालाई प्रदेशको स्थायी राजधानी नतोकिएसम्म दबाबमूलक आन्दोलन जारी अभियानका सदस्य तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले बताए। धनकुटा प्रदेश एकको मध्यभागमा रहेको र हरेक कुराले उपयुक्त भएकाले धनकुटाको विकल्प खोज्न नहुने आन्दोलन परिचालन समितीका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए।
धनकुटाका स्थानीयले पटकपटक स्थायी राजधानीको माग गर्दै आन्दोलन गर्दै आएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।