काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएलमा) रोयल च्यालेन्जर्स बेंगलोर (आरसिबी) ले पहिलो जित निकालेको छ। घरेलु मैदानम...
काठमाडौं : नेपाल र युएईबीचको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई १० ओभरमा १०५ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर १०४ रन जोड्यो। ब्याटिङमा कमजोर प्रदर्शन गर्दै आएको नेपालका लागि यो स्कोर राम्रो मानिएको छ।
नेपालका लागि कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१ र ज्ञानेन्द्र मल्लले ११ रन जोडेका थिए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
युएईका लागि मोहम्मद नावी र सुल्तान अहमदले समान दुई-दुई विकेट लिए भने अमीर हयात, जहोर खान र मोहम्मद बुटाको नाममा एक एक विकेट रह्यो।
अबको केही बेरमा युएईले जवाफी ब्याटिङ गर्नेछ।
वर्षाका कारण प्रभावित खेल निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भएको थियो। खेल १० ओभरमा छोट्याइएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।