राजनीति

प्रदेश ३ ले सोनाम ल्होछारमा सार्वजनिक बिदा दिने

माघ २०, २०७५

    चितवन : सोनाम ल्होछारको दिन माघ २२ गते प्रदेश ३ सरकारले सार्वजनिक बिदा दिने भएको छ। आइतबार सूचना जारी गरी तामाङ समुदायले मनाउने साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो। 

    चन्द्र पात्रोअनुसार हरेक वर्ष ल्हो परिवर्तन हुने तिथिअनुसार यस वर्ष कुकुर वर्गको विदाई र बँदेल वर्गको स्वागत गरी ल्होछार मनाउँदै छन्। नयाँ वर्षका रुपमा मनाइने २८५५ औँ सोनाम ल्होछारमा शुभकामना आदानप्रदान गर्ने, मिठो मसिनो खाने, गुम्बामा गई पूजा गर्ने, हरेक घरमा शान्तिको प्रतीक लुंदर राख्ने, आफन्त कहाँ जाने, आफूभन्दा ठूलाबाट आशीर्वाद लिँदै खुसी साटासाट गरी मनाइन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]