समाज

'बौलाहा श्रीमती' भनेर सिफारिस गरेपछि वडा अध्यक्षविरुद्ध मुद्दा

माघ २०, २०७५

    बाजुरा : सरकारी लेटर प्याडमा 'बौलाहा श्रीमती' शब्द लेखेका कारण बाजुराका एक वडा अध्यक्षमाथि मुद्दा दायर भएको छ।

    हिमाली गाउँपालिका ७ का वडा अध्यक्ष जयबहादुर अधिकारीले हस्ताक्षर गरी सिफारिस गरिएको लेटर प्याडमा 'बौलाहा श्रीमती' भन्न शब्द लेखेको पाइएपछि उनीमाथि दलित अधिकारीकर्मी गोरख सार्कीले मुद्दा दायर गरेका हुन्। तर, वडाध्यक्ष अधिकारीले भने निवेदकले माग गरे अनुसार र निवेदनमा उल्लेख गरिएको शब्द प्रयोग गरी सिफारिस गरेको भन्दै आफूले गलत काम नगरेको जिकिर गरेका छन। सिफारिस माग गर्ने सस्त लवारको माग निवेदन बमोजिम वडाध्यक्षले पत्र लेखेको बताएका छन्।

    हिमाली गाउँपालिका ७ वडा कार्यालयको च.न १३९ को सिफारिसमा 'बौलाहा श्रीमतीले लालपूर्जा च्याती जलाइदिएपछि प्रतिलिपि पाउन जिल्ला मालपोत कार्यालय बाजुरालाई सिफारिस गरेको छ। सो सिफारिसमा मालपोत कार्यालय बाजुरालाई सम्बोद्धन गर्दै उपरोक्त  विषयका सम्बन्धमा हिमाली गाउँपालिका ७ बाधु बस्ने सस्त लवारको नाममा भएको लालपूर्जा बौलाहा श्रीमतीले च्याति जलाएकोले फेरि प्रतिलिपि पाउनका लागि यस वडा कार्यालयमा दिएको निवेदनअनुसार निजको छोरा बिस्न लवारलाई प्रतिलिपि दिलाई दिई सहयोग गरिदिन हुन अनुरोध गरिन्छ' भनी लेखिएको भेटिएको थियो। उनको सिफारिसलाई लिएर अधिकारकर्मी सार्कीले जिल्ला प्रशासन कार्यालय बाजुरामा मुद्दा दर्ता गरेका हुन्। 

    दलित अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले पनि केही दिनअघि सामाजिक सञ्जाल (फेसबुक) मा सो सिफारिसको सक्कल प्रति पोस्ट गरिपछि तीव्र आलोचना भएको नागरिककर्मी लक्ष्मीराज पाध्यायले बताए। हेपेर सिफारिस लेखेको भन्दै वडा अध्यक्षलाई कारवाही गरिहोस् भनी दलित अधिकारकर्मी सार्कीले आइतबार जिल्ला प्रशासन कार्यालय बाजुरामा मुद्दा दर्ता गरेको बताए। जातीय भेदभाव तथा (कसुर र सजाय) ऐन २०६८ र नेपालको संविधान अनुसार सार्वजनिक स्थलमा कसैलाई होच्याउने र गालीगलौज गरेको र सिफारिसमा तल्लो जातको भनी भन्न नपाइने प्रवाधान रहेको र त्यसो गरे कानुनविपरीत हुने उल्लेख छ। त्यस प्रावधानलाई आधार मानेर अधिकारकर्मी सार्कीले मुद्दा दर्ता गरेको बताए।

    यता, जिल्ला प्रशासन कार्यलयमा उजुरी दर्ता गर्दै प्रमुख जिल्ला अधिकारी चेतराज बरालले वडा अध्यक्षको गैरकानुनी काम भएनभएको छानबिन गरेर कारवाही अगाडि बढाइने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]