काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यानले) नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच हुने टी-२० शृंखलाको खेलतालिका परिवर्तन गरेक...
काठमाडौं : नेपाल र युएईबीचको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको युएईको दोस्रो विकेट पतन भएको छ।
नेपालका लागि अविनाश बोहराले पहिलो ओभरको पाँचौँ बलमा गुलाम सवीरलाई आउट गरेका छन्। सब्बीरले लामा सट प्रहार गर्दै २५ रन बनाएका थिए।
युएईको पहिलो विकेट सोमपाल कामीले लिएका थिए। सोमपालले अस्फाक अहमदलाई ८ रनमा आउट गरेका छन्।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर १०४ रन जोडेको थियो। ब्याटिङमा कमजोर प्रदर्शन गर्दै आएको नेपालका लागि यो स्कोर राम्रो मानिएको छ।
नेपालका लागि कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१ र ज्ञानेन्द्र मल्लले ११ रन जोडेका थिए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
युएईका लागि मोहम्मद नावी र सुल्तान अहमदले समान दुई-दुई विकेट लिए भने अमीर हयात, जहोर खान र मोहम्मद बुटाको नाममा एक एक विकेट रह्यो।
वर्षाका कारण प्रभावित खेल निर्धारित समयभन्दा दुई घण्टा ढिलो शुरु भएको थियो। खेल १० ओभरमा छोट्याइएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।