राजनीति

नगरप्रमुख थापाविरुद्धको रिट खारेज

माघ २०, २०७५

    बैतडी : जिल्लाको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाविरुद्ध गरिएको रिट उच्च अदालत दिपायलको इजलास महेन्द्रनगरले आइतबार खारेज गरेको छ। अदालतका मुख्य न्यायाधीश पवनकुमार शर्माको एकल इजलासले रिट खारेज गरेको थापाका तर्फबाट बहसमा सहभागी अधिवक्ता गंगाराम पाध्यायले जानकारी दिए।

    रिट निवेदकले उल्लेख गरेका विषयमा प्रमाण नपुगेकाले रिट खारेज भएको अदालत स्राेतले जनाएको छ। वि स २०७४ असार १४ गते भएको निर्वाचनको मतगणनामा धाँधली भएको भन्दै थापाविरुद्ध राप्रपाका उम्मेद्वार पुष्करराज जोशी लख्खाभाइले उच्च अदालतमा रिट दायर गरे। 

    अदालतले मतगणना प्रक्रियागत भएको, मुचुल्का तथ्यका आधारमा भएको र निर्वाचन ऐन २०७३ को दफा ५२ अनुसार रिट निवेदन रित नपुगेको भन्दै मुद्दा खारेज भएको हो। दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले निर्वाचनमा ३ हजार ७६२ मत पाएका थिए। उनले निकटतम प्रतिद्वन्द्बी पुष्करराज जोशी लख्खाभाइले ३ हजार ७०० मत पाएका थिए। जोशीले थापाविरुद्ध २०७४ असार २० गते मुद्दा दायर गरेका थिए।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]