समाज

पर्यटन वर्ष २०२० सफल बनाउन भिडियो प्रतियोगिता

माघ २०, २०७५

    हेटौंडा : नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्‍याउने उद्देश्यले देशव्यापी भिडियो प्रतियोगिता हुने भएको छ। वी वील राइज फाउन्डेसनले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे लागिएको जानकारी दिएको हो। जुनसुकै गाउँठाउँमा रहेका पर्यटकीय महत्व बोकेका विषयलाई भिडियोमा उतारी प्रतिष्पर्धामा भाग लिन सकिनेछ।

    पुस १५ बाट सुरु भएको प्रतियोगिता ४ महिनासम्म चल्ने प्रतियोगिता चार महिनासम्म चल्नेछ। ‘मेरो गाउँ मेरो ठाउँ भिडियो प्रतियोगिता’ नाम दिइएको प्रतियोगितामा कुनै पनि गाउँको प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला, आदि जुनै पनि एउटा विषयलाई आधार मानी भिडियो तयार गर्न सकिने आयोजकले जनाएको छ। अधिकतम ५ मिनेटसम्मको भिडियो एचडी क्वालिटीमा खिचेर सम्पादन तथा स्कृप्टसमेत समावेश गरी प्रतियोगितामा भग लिन सकिने फाउन्डेसनका अपरेशनल डाइरेक्टर अनुपके बरालले जानकारी दिए।

    प्रतियोगितामा समावेश भएका भिडियोमध्ये सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमध्ये सर्वाधिक लाइक, कमेन्ट र सेयर हुने भिडियोलाई पिपुल्स च्वाइस अवार्ड प्रदान गरिने उनले बताए। दुई विधामा उत्कृष्ट दुई भिडियोलाई नगद १/१ लाख रुपैयाँ प्रदान गरिने बताइएको छ। प्रतियोगितामा फस्ट रनरअप हुने भिडियोले ५० हजार र सेकेन्ड रनरअपले नगद २५ हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट सम्पादन र उत्कृष्ट स्क्रिप्ट भएको भिडियोलाई पनि २५/२५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ।

    प्रतियोगिताको निर्णायकका रुपमा डकुमेन्ट्री निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डकुमेन्ट्री निर्माता मोहन मैनाली, डकुमेन्ट्री एवं चलचित्र निर्देशक सम्झना उप्रेती, वरिष्ठ साउण्ड विञ प्रदीप उपाध्याय र नेपाल पर्यटन बोर्डको सिइओ दीपक जोशी रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]