खेलकुद

टी-२० सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई प्रचण्डले दिए बधाई

माघ २०, २०७५

    काठमाडौं : युएईमा सम्पन्न टी-२० सिरिजको अन्तिम खेलमा युएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको नेपाली क्रिकेट टोलीलाई नेपाल कम्यनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाले बधाई दिन दिएका छन्। सामाजिक सञ्चाल फेसबुकमा नेपाली क्रिकेट टोलीको फोटोसहित स्ट्याटस पोस्ट गर्दै अध्यक्ष प्रचण्डले नेपाली टोलीलाई बधाइ दिएका हुन्।

    'विश्वस्तरीय प्रतिष्पर्धाहरूमा नेपाली खेलाडीहरूको एकपछि अर्को जितले सम्पूर्ण नेपालीहरूमा उत्साह र उमंग छाएको छ। आगामी दिनमा पनि अझै राम्रो प्रस्तुतिको अपेक्षासहित नेपाली क्रिकेट खेलाडीहरुको उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गर्दछु' उनले सामाजिक सञ्जालमा लेखेका छन्।

    आइतबार भएको खेलमा नेपालले युएईविरुद्ध १४ रनको जित हात पार्दै सिरिज कब्जा गरेको हो। वर्षाका कारण १० ओभरमा छोटिएको खेलमा नेपालले युएइलाई १०५ रनको चुनौती दिएको थियो। नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा युएइ निर्धारित १० ओभरमा ९० रनमात्रै बनाउन सक्यो। यसअघि नेपालले तीन खेलको एक दिवसी सिरिस २-१ले कब्जा गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]