राजनीति

भौतिक संरचना विद्यार्थीमैत्री हुनु आवश्यक : कांग्रेस नेता निधि

माघ २०, २०७५

    जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले शिक्षाको विकासको लागि भौतिक संरचना अत्यावश्यक भए पनि देशभरिका अधिकांस सामुदायिक विद्यालयको भौतिक अवस्था जिर्ण भएका कारण पठनपाठनमा असुविधा भएको बताएका छन्। उनले शिक्षा विकासको लागि भौतिक संरचना विद्यार्थीमैत्री हुनुपर्ने बताउँदै अध्ययन अध्यापनका लागि अध्ययनमुखी भौतिक संरचना निर्माण आवश्यकता रहेको बताएका हुन्।

    धनुषाको नगराइन नगरपालिका ६ मा जापान सरकारको सहयोगमा लगमास्थित बासुदेव राष्ट्रिय प्राथमिक विद्यालय भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै नेता निधिले जापान सरकारले नेपालको कृषि, भौतिक संरचना, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्र विकासका लागि सहयोग गर्दै आईरहेको प्रति आभार प्रकट गरे। उनले केही दिन पहिला मात्र जापानी राजदूतावासमा विद्यालयलाई अत्याधुनिक बनाउन सम्झौता पत्रमा हस्ताक्षर भएको र लगतै शिलान्यास गरिएको जानकारी गराए।

    नेता निधिले विद्यालय भवनको शिलान्यास गरिएसँगै निर्माण कार्य द्रूतगतिमा सम्पन्न हुने विश्वास व्यक्त गरे। विकास फाउण्डेसनको आयोजनामा भएको विद्यालय भवनको शिलान्यासमा बासुदेव राष्ट्रिय प्राथमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बेचन मण्डलको अध्यक्षतामा भएको थियो। कार्यक्रममा फाउण्डेशनका अध्यक्ष श्यामसुन्दर चौधरीले विद्यालयको विषयमा प्रकाश पार्दै करिब १ करोडको लागतमा निर्माण हुन लागेको जानकारी दिए।

    उनले विद्यालयबाट त्यस क्षेत्रका बालबालिकाहरूलाई आधारभूत शिक्षाको लागि विद्यार्थी मैत्री भवन उपलब्ध हुने विश्वास प्रकट गरे। कार्यक्रममा जापानी राजदुतावासका द्धितिय सचिव मासाओ कुनीसदा, महासमिति सदस्य अनामिका निधि, नेका प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, नगराइन नगरपालिकाका नगर प्रमुख परमेश्वर यादव, धनौजी गाउँपालिकाका अध्यक्ष बद्री सिंह सहतको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]