समाज : सुरक्षा/अपराध

सुरक्षा गार्डकै मिलेमतोमा तेल चोरी, चार जना पक्राउ

माघ २०, २०७५

    विराटनगर : विराटनगरस्थित नागरिक उडड्यन कार्यालयमा काम गर्ने कर्मचारीले दिएको सूचना आधरमा पेट्रोलियम पदार्थको चोरी हुने गरेको खुलेको छ। उक्त कार्यालयबाट ४ सय लिटर डिजेल चोरीमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो।

    प्रहरीले  विराटनगर– ४ का १८ वर्षीय भोला यादव, सोही ठाउँका २२ वर्षीय अमित यादव, १९ वर्षीय रामचन्द्र यादव र सोही ठाउँका ४८ वर्षीय भोला यादवलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। प्रहरीले पक्राउ गरेको व्यक्तिमध्ये भोला लामो समयदेखि नागरिक उडड्यन कार्यालयमा चौकीदारको रुपमा काम गर्दै आएका कर्मचारी हुन्। उनले दिएको सूचनाको आधारमा चोरी हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

    पक्राउ परेका व्यक्तिमध्ये नागरिक उडड्यन कार्यालयमा चौकीदार गर्ने भोला यादवले दिएको सूचनाको आधरमा कार्यालय परिसरमा स्टोरमा रहेको डिजेल चोरी हुने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले बताए।

    ‘पुस २३ गते ३७९ नम्बरको चलानी नम्बरबाट तेल चोरी भएको र अनुसन्धान गरिदिन नागरिक उडड्यन कार्यालयबाट हाम्रो कार्यालयमा निवेदन आयो,’ एसपी केसीले भने, ‘अनुसन्धान गर्दै जाँदा लामो समयदेखि त्यस कार्यालयमा चौकीदार कम गर्दै आएका भोला यादवले दिएको सूचनामा तेल चोरी भएको देखियो।’ प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि ९० लिटर डिजेलसमेत लुकाइरहेको अवस्थामा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ।

    कार्यालयबाट चोरी गरेको डिजेल बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। कार्यालयमा तेल आएको भोलिपल्ट नै चोरी भएको अनुसन्धानबाट देखिएको एसपी केसीले बताए। तर, सो कार्यालयले भने एक सातापछि मात्र तेल चोरी भएको थाहा भएको बताएको छ।

    नागरिक उडड्यन कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौलाले आफू आएपछि पहिलोपटक कार्यालय परिसरभित्रबाट तेल चोरी भएको बताए। ‘पुस ८ गते तेल हाम्रो कार्यालयमा आएको थियो,’ कार्यालयका प्रमुख सिटौलाले भने, ‘१५ गतेमात्र तेल चोरी भएको थाहाँ भयो। त्यसपछि प्रहरीमा निवेदन दिएका हौँ।’

    प्रहरीले पक्राउ गरेको चारै जनालाई मोरङ अदालतमा मुलुकी अपराध (सिंहता) ऐन २०७४ बमोजिम चोरी मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै अगाडी बढाएको एसपी केसीले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]