राजनीति

सरकारको विरोधमा मशाल जुलुश

माघ २०, २०७५

    रौतहट : सरकारविरुद्ध नेपाली कांग्रेस रौतहटले रौतहटको चन्द्रनिगाहपुरमा साझ मशाल जुलुश प्रर्दशन गरेको छ।

    भोलि सोमबार चन्द्रनिगाहपुरमा हुने बिशाल आम सभाको पूर्व सन्ध्यामा आइतबार साँझ मशाल जुलश निकालेको पार्टी चन्द्रपुर नगर कमिटीका सभापति तथा रौतहट क्षेत्र ४ क का प्रदेश सांसद धनलाल ठोकरले जानकारी दिएका छन्। सर्वसत्ताबाद उन्मुख सरकार बिरुद्ध सोमबार बिशाल आम सभाको आयोजना गरेको प्रदेश संसद ठोकरले जानकारी दिए।

    मशाल जुलुशमा प्रदेश सांसद ठोकर,पार्टीका क्षेत्र नं. ४ का सभापति तथा बृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेही यादव, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नवराज देवकोटा, जन ज्योति बहुमुखी क्यामपसका स्ववियु सभापति संगम श्रेष्ठ,पार्टीका जिल्ला सदस्य सुमन गौतम लगायत बिभिन्न तह तप्काका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। जुलुशलाई प्रहरी तथा सशस्त्र प्रहरीले धरपकड गरेको थियो। तर अवस्था भने सामान्य भएको थियो।

    भोलि चन्द्रनिगाहपुरको स्व शेर बहादुर दर्लामी स्मृति खेल मैदानमा हुने कार्यक्रमा जिल्लाभरिका संघीय संसद, प्रदेश सभा सदस्य, जिल्ला सभापति, पूर्व सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला सदस्य सुमन गौतमले जानकारी दिएका छन्।

    त्यसैगरी सरकार अधिनायकबाद बनेको भन्दै गुल्मीमा पनि सरकारको बिरोधमा नेपाली कांग्रेसका भातृ संगठनहरूले तम्घास बजारमा साँझ राँके जुलुस निकालेका छन्। सरकार अधिनायकबाद बनेको र संसदलाई बन्धक बनाएको भन्दै बिरोध स्वरुप राके जुलुस निकालिएको नेपाल विद्यार्थी संघ गुल्मीका कार्यवहाक अध्यक्ष झबिन्द्र पाण्डेले बताए। 

    नेकपा सरकारले दूई तिहाईको दम्ब देखाएर जनताको मर्मलाई नबुझी अधिनायकबाद लाद्यन खोजेको भन्दै बिरोध स्वरुप राके जुलुस निकालीएको तरुण दल गुल्मीले जनाएको छ। यदि सरकारले यस्तै प्रबृति देखाउँदै गए नेपाली कांग्रेसका भात्तृ संगठन चुप लागेर नबस्ने भन्दै सरकारलाई अधिनायकबादको  कदम सच्याउन आग्रह समेत गरेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]