राजनीति

मोटरेबल पुल बनाउन माग गर्दै नगरपालिका घेराउ

माघ २०, २०७५

    संखुवासभा : भोजपुर र संखुवासभा जोड्ने लम्सुवा घाटको पुल छिटो बनाउन माग गर्दे छिमेकी जिल्ला भोजपुरको षडानन्दका स्थानीयले आइतबार नगरपालिका कार्यालय घेराउ गरेका छन्। विभिन्न कारण देखाउदै ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र बनेको छ।

    २०६७ सालमा निर्माण सुरु गरिएको पुल निर्माण अहिले ठप्प भएको छ। ठप्प रहेको पुल निर्माण गर्ने माग गर्दै स्थानियले नगरपालिका घेराउ गरेका छन्। लम्बुवा घाट पुल निर्माण संघर्ष समिति बनाएर स्थानीयले नगर प्रमुख र उप प्रमुखको कार्य कक्ष घेराउ गरेका छन्। नगरपालिका घेराउ गर्दै संघर्ष समितिले पुल छिटो निर्माणको लागि पहल गरिदिन ध्यानाकषर्ण गराएका छन्।

    विभिन्न कारण देखाउदै तीनबर्ष अघि वीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण अलपत्र बनेको छ। २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने १६७ मिटर लामो यो पुलमा ६ वटा पिल्लर आधा मात्रै उठाइएको छ। सडक विभागको बेवास्था र ठेकेदारको लापरवाहीले पुल निर्माण कार्य ठप्प भएको छ। लम्सुवा पुल निर्माण सरोकार समितिका संयोजक सुरेस भण्डारीले यो पुल नबन्दा करिब ७० हजार जनसंख्याले सास्ती खेप्न बाध्य भएको बताए।

    नगरपालिका घेराउ गर्ने पुगेका स्थानीय चन्द्रबहादुर श्रेष्ठले भने शिलान्यास भएको ८ वर्ष सम्म पनि पुल निर्माण २० प्रतिशत मात्र भएकाले आन्दोलन गर्नु परेको बताए। स्थानीयले लम्सुवा घाटको पुल निर्माण सम्पन्न नभई अन्य ठाउँमा पुल निर्माणको लागि पहल भए जस्तोसुकै आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्। 

    यता षडानन्द नगरपालिकाका नगर प्रमुख विरबल राईले यो पुल निर्माणको लागि संघिय र प्रदेश सरकारसँग पहल भइरहेको बताए। नगर प्रमुख राईले भने स्थानीय सरकारका तर्फ बाट गर्नु पर्ने काम कुनै कसर बाँकी नभएको बताए। उनले भने यो पुल सोही स्थानमा बन्नेमा विस्वश्त हुन नगरवासीलाई आग्रह गरे। वि.स.२०६७ मा तत्कालीन उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए।

    पुल निर्माणको ८ वर्ष बित्दा ७ वटा पिलर मात्र ठड्याइएको छ। तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी स्वच्छन्द निर्माण कम्पनीले २०६७ साल असार २५ गते सम्झौता गरेपनि पिलर राख्ने खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै ठेकेदारले काम छोडेको छ। लामो समय निर्माण कार्य रोकिएपछि केही डिजाइन परिर्वतनका लागि समय पनि थपिएको थियो। पुल अहिलेसम्म नबन्दा स्थानीय नागरिक सास्ती भोग्न बाध्य भएका छन्।

    भोजपुर र संखुवासभा आवतजावत गर्ने नागरिक हिउँदको समयमा जोखिमपूर्ण डुङ्गाको सहारा लिनुपर्छ भने वर्षातको समयमा करिब अढाई घण्टाको बाटो घुमेर सतिघाट झोलुङ्गे पुलबाट वारपार गर्नु परेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]