समाज

ज्येष्ठ नागरिकका लागि अक्षय कोष स्थापना

माघ २१, २०७५

    उदयपुर : ज्येष्ठ नागरिकलाई उपचार तथा खानपिनका लागि अक्षय कोष स्थापना गरिएको छ। त्रियुगा नगरपालिका वडा नं. १० ले ज्येष्ठ नागरिक अक्षय कोषको स्थापना गरेको हो।

    पारिवारिक विचलनकाकारण ज्येष्ठ नागरिकको उपचार तथा खानपिनमा भएको समस्यालाई कम गर्न तीन लाखको अक्षय कोष स्थापना गरिएको वडाध्यक्ष प्रकाशकुमार खड्काले जानकारी दिए। उनले भने, ‘तीन लाख रुपैयाँको कोष स्थापना गरेका छौं।’ कोषलाई वार्षिकरुपमा बढाउँदै लैजाने तयारी रहेको वडा कार्यालयले जनाएको छ।

    ज्येष्ठ नागरिकले अपहेलित जीवन बिताउन बाध्य भएकाले त्यस्ता समस्यामा परेकालाई उद्धार गर्न वडा कार्यालयले सानो प्रयासको थालनी गरेको खडकाको भनाइ छ। खड्काले चालु आर्थिक वर्षमा नै वडाका ज्येष्ठ नागरिकलाई तीर्थस्थलको भ्रमण गराइ सम्मान गर्न लागिएको बताए।

    वडाका ज्येष्ठ नागरिकलाई दिउँसो बस्न र साधना गर्ने गरी ज्येष्ठ नागरिक चौतारा र ज्येष्ठ नागरिक भवन निर्माणको कार्य सुरु गरिएको वडाध्यक्ष खड्काले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]