राजनीति

राष्ट्रपति भण्डारीद्वारा मलेसियाका नरेशलाई बधाइ

माघ २१, २०७५

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाको १६ औं नरेशका रुपमा अल सुल्तान अब्दुल्लाह रियातुद्दिन अल मुस्तफा बिलाह शाह इब्नी सुल्तान हाजी अहमद शाह अल मुस्ता इन बिलाह घोषित हुनुभएकामा बधाइ दिएकी छिन्।

    राष्ट्रपति भण्डारीले आइतबार बधाइ सन्देश पठाउँदै मलेसियाली नरेशको दूरदृष्टियुक्त मार्गदर्शन र नेतृत्वमा मलेसियाले अझ प्रगति एवं समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले नेपाल र मलेसियाबीच विद्यमान सुमधुर सम्बन्ध मलेसियाली नरेशको कार्यकालमा अझ सुदृढ हुने उल्लेख गर्दै त्यहाँका नरेशको सुख र सुस्वास्थ्यका साथै मलेसियाली जनताको समृद्धिको कामना गरेकी छिन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]