काठमाडौँ : कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रह...
नवलपरासी : माघे औंशीको अवसरमा पूर्वी नवलपरासीको त्रिवेणीधाममा लाग्ने मेलामा लाखौ भक्तहजनहरुको घुइचो लागेको छ। नारायणी नदीमा स्नानका लागि आउने भारतीयका साथै मुलुकका विभिन्न जिल्लाबाट आउका भक्तजनहरुका कारण ट्राफिक व्यवस्थापन समस्या भएको प्रहरीले बताएको छ।
सवारी साधनको भीडले सडक अवरुद्ध भएको छ। भक्तजनहरुलाई धाम र नारायणी नदी किनारमा पुग्नका घण्टौं लाग्ने गरेको भक्तजनहरुको गुनासो छ। ट्राफिक व्यवस्थापनका लागि २५ जना ट्राफिक प्रहरी परिचालन गरिएको बताइएको छ। तर, उनीहरुले सवारी र घुइचोलाई व्यवस्थापन गर्न नसकेकोको भक्तजनको भनाइ छ। सडकमा ट«याक्टर, टेम्पो, बस, कार, जिप, मोटरसाइकल अस्तब्यस्त सञ्चालन हुँदा १०० मिटर दूरी पार गर्न पनि करिब एक घण्टा लाग्ने गरेको भक्तजनहरुले गुनासो गरेका छन्।
त्रिवेणीधाममा माघे औंशीको अवसरमार बर्सेनि मेला लाग्दै आएको छ। मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन भएका छन्। तर, उपसमितिले प्रभावकारी काम नगर्दा भक्तजनहरुले सास्ती भोग्दै आएका छन्।
यस वर्ष मेला अवधिभर करिब सात लाख भक्तजन धामको दर्शन र नारायणी नदीमा स्नानका लागि आउने मेला आयोजक समितिले अपेक्षा गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।