काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले विदेशी लगानी ल्याउनको लागि सरकारले एकद्वार प्रणालीलाई बलियो बनाउन आवश्यक र...
काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको यार्सागुम्बा लिलामी प्रकिया अघि बढाएको छ। कार्यालयले लिलामीका लागि सोमबार सूचना प्रकाशित गरेको हो।
७२६ ग्राम यार्सागुम्बा बढाबढको आधारमा लिलामी गर्न थलिएको छ। जसको न्यूनतम मूल्य आठ लाख रुपैयाँ तोकिएको छ। इच्छुक कम्पनी वा व्यक्तिले फागुन ६ सम्म निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आर्थिक वर्ष २०७४/०७५ को कर चुक्ता प्रमाण र प्यान नम्बरसमेत उल्लेख गरी प्रकियामा भाग लिन पाइनेछ। न्यूनत मूल्य वा मूल्यभन्दा माथि तोकेर त्यसको १० प्रतिशत रकम तत्काल धरौटी राख्नु पर्ने व्यवस्था गरिएको छ। डाक स्वीकृति भएको १० प्रतिशत कटाएर रकम दिनु पर्ने छ भने स्वीकृति नभएमा भने रकम फिर्ता हुने कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।